समाचार
काठमाडौं न्यु क्यासल स्कुलमा रोबोटिक्स, कोडिङ र एआइ सम्बन्धि कक्षा संचालन
अबको युग भनेको विज्ञान र प्रविधीको युग यो । विज्ञान र प्रविधिको विकाससंगै हामी नचल्ने हो भने हामी निकै पछि पर्न सक्छौं । अहिले अधिकांश कामहरु प्रविधिको माध्यमबाट हुने भएकाले भविष्य झन विज्ञान र प्रविधीमैत्री हुने निस्चित प्राय छ । भविष्यमा विज्ञान र प्रविधीले फडको मार्ने भएकोले त्यसलाई पक्ष्याउन विज्ञान र प्रविधी संग सम्बन्धित सीप सक्नु अत्यावश्यक रहेको छ ।
आउने वर्षहरुमा ७५ प्रतिशत कामका लागि कम्प्यूटर सीप आवश्यक पर्ने अनुमान गरिएको छ र सो जनशक्ती तयार गर्न सानै उमेरमा सीप सिकाउन थाल्नुपर्ने शिक्षा विज्ञहरुले भन्ने गरेका छन् । भविष्यको तयारी गर्न बालबालिकाहरुलाई सीप बिकास गराई उनीहरुमा निखारता ल्याउन अत्यावश्यक छ ।
बालबालिकाले कोडिङ, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सको तालिम प्राप्त गरेपछि भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गरेर आफुलाई अब्बल साबित गर्न सक्छन् ।
विज्ञान र प्रविधीको पहुँचमा पुगेका नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन र विश्वस्तरिय शिक्षा नेपालमै दिने उद्धेश्यले बसुन्धारामा रहेको काठमाडौं न्यु क्यासल स्कुलले रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स, अवाकस सम्बन्धि कक्षा संचालनमा ल्याएको छ ।
अन्य अतिरिक्त क्रियाकलाप भन्दा उपयाेगी यस्ता सिकाईले नेपाली विद्यार्थीलाई संसारको जुनसुकै देशका विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धि कक्षा संचालनमा ल्याएको विद्यालयका उपाध्यक्ष सन्ताेष पाैड्याले बताए ।
बसुन्धारामा रहेको काठमाडौं न्यु क्यासल स्कूलमा अध्ययनरत बालबालिकालाई कोडिङ, रोबोटिक्स र ए.आई.को अवधारणा सिकाउन थालिएको छ । पठन पाठनलाई असर नगर्नेगरी विद्यार्थीलाई सार्वजनिक विदा र शनिबारको दिन सो कक्षा संचालन गर्ने गरिएको विद्यालयका एकेडेमीक निर्देशक किरणकुमार श्रेष्ठले बताए ।
काठमाडौं न्युक्यासल स्कुलका निर्देशक किरणकुमार श्रेष्ठका अनुसार भविष्यमा आफ्ना बालबालिकाहरुलाई संसारमा जुनसकै क्षेत्रमा पनि सक्षम र सवल भएर उभिएको देख्न चाहनुहने अभिभावकले अहिले देखिनै रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्समा लागानी गर्दा बालबलिकाको भविस्य सुमधुर हुने भएकाले काठमाडौं न्यु क्यासल एकेडेमीले रोबोटिक्स,कोडिङ र आर्टिफिसियल इन्टिलिजेन्स सम्बन्धि कक्षा संचालन गरेको बताए ।
न्यु क्यासल स्कूलका विद्यार्थीलाई दक्ष शिक्षक शिक्षिकाद्वारा कोडिङ,आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स सम्बन्धि क्रियाकलाप संचालन गरेर अध्यन अध्यापन गराइने गरेको श्रेस्ठ बताउँछन् । यस्ता खालका अतिरिक्त कक्षाले विद्यार्थीलाई भविष्यको लागि अहिलेदेखी नै तयार गर्ने र विद्यार्थीले भविस्यमा यसको लाभ लिन सक्ने विद्यालयको दाबी छ ।
सुविधा सम्पन्न उपकरणसंगै विदाको दिनमा अत्याधुनिक तरिकाबाट यस्ता तालिम दिइने न्यु क्यासल स्कुलका कार्यक्रम संयाेजक बिष्णु न्याैपानेले बताए ।
हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने स्कुलका अध्यक्ष सुनिता रावलले बताए । सुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त छ ।
स्कुलका संस्थापक संयाेजक समन्ता श्रेष्ठले बताए । हरेक विद्यार्थीले भविष्यमा संसारको जुनसुकै कुनामा प्रतिस्पर्धा गरेर आफ्नो जीवन सुन्दर बनाउन सक्ने कार्यकारी व्यवस्थापक माधवराज शिवाकोटीले बताए।
सुरु गर्दा चुनौतीपूर्ण लागेपनि यसले नेपालमा पनि विश्व स्तरिय तालिमको शुरुवात भएको र भविष्यमा यसबाट विश्व बजारमा चाहिने सबल र सक्षम जनशक्ति उत्पादन हुनेमा विद्यालय विश्वस्त छ ।
२०६० सालमा स्थापना भएको काठमाडौंमा न्यु क्यासल एकेडेमीबाट २०७९ ब्याचले एसईईको परीक्षा दिएर उत्कृष्ट जिपिए सहितको नतिजा निकालेर शैक्षिक क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेको छ ।
बसुन्धराको बाल अस्पतालसंगैको न्यु क्यासल स्कूल काठमाडौंको उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो । काठमाडौं न्यु क्यासल स्कूल बसुन्धारा क्षेत्रमा रोबोटिक्स,कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कक्षा संचालन गर्ने पहिलो विद्यालय हो ।
निमा स्किलसअप र काठमाडौं न्यु क्यासल स्कुलकाे सहकार्यमा अन्तर्राष्ट्रियस्तरकाे काेडिङ, राेबाेटिक तथा एआई शिक्षा नेपालमै उत्कृष्ट रुपमा सञ्चालन भैरहेकाे छ उक्त कार्यक्रम STEAM.ORG USA ले प्रमाणित गरेको छ।
समाचार
राष्ट्रियस्तरको ३ दिने प्रविधि मेला सगरमाथा टेक फेस्ट आयोजना हुँदै, यस्ता हुनेछन् आकर्षण
सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले आगामी मंसिरमा…
सानिमा बैंक र दराजबीच सहकार्य
सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग 'दराज मन्थ्ली पे डे' योजना अन्तर्गत विशेष छ…
अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान
नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथ…
चन्द्रमामा आज अवतरण हुँदै चन्द्रयान–३, लाइभ हेर्न सकिने
भारतको ऐतिहासिक चन्द्र मिसन आज चन्द्रमाको सतहमा अवतरण हुँदै छ ।
इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु
इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्…
सञ्चारमन्त्री शर्मासँग कोरियाली राजदूतको शिष्टाचार भेट
काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण…
डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोगबारे कुनै जिज्ञा…
स्विचअन रिटेलको नयाँ आउटलेट भक्तपुरमा
सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको ला…
इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी
इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच रणनीतिक साझेदारी विगत २१ वर्षदेखि सह…
एनसेलको फोरजी जुम्ला पुग्यो, सदरमुकाम खलङ्गालगायतका स्थानीयहरू उच्चगतिको सेवाबाट लाभान्वित हुँदै
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभ…
पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला
पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा आईटी कोर्षमा भर्न…
भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवा
भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले ‘ब्रो…
एक वर्षमा साढे ३० लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए
पछिल्लो समय डिजिटल बैंकिङको प्रयोग बढ्दो छ । प्रविधिको विकाससँगै मोबाइल बैंकिङ, इ…
निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल
गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ ड…
नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न, अनलाइन आर्ट प्रतियोगिताको घोषणा
नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी …