कीवर्डहरू -

समाचार

नाफा घटेपछि नेपाल टेलिकमको स्पष्टिकरणः “ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेजका कारण आम्दानी घट्यो”

नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकमले दूरसञ्चार सेवा तर्फको आफ्नो आम्दानी घटेको विषयमा स्पष्टीकरण दिएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण सार्वजनिक गरेसँगै कम्पनीले दूरसञ्चार सेवाबापतको आम्दानी र नाफा घट्नुको कारण पेश गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्च वृद्धि भएको र देशभित्रको अन्तरआवद्धता (ट्यारिफ) शुल्कमा भएको परिमार्जन, कम्पनीले देशभर फोरजी सेवा विस्तारसँगै डेटाको पहुँच वृद्धि भएको र सस्तो दरका डेटा प्याकेज बढ्दै गएका कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्र्तआवद्धता आयमा ६८ करोड ३७ लाख रुपैयाँले कमी भएको उल्लेख गरेको छ ।

त्यस्तै प्रतिकूल मौसमको असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमै सञ्चालन हुन नसक्दा र आर्थिक ऐन २०७९ मार्फत परिवर्तन गरिएको दूरसञ्चार सेवा दस्तुरका कारण समेत राजस्वमा तुलनात्मक रूपले कमी आएको टेलिकमको भनाई छ ।

यसका साथै क्षमता अभिवृद्धिका कार्यक्रम र गत वर्ष कर्मचारीको तलबमा भएको वृद्धिका कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ । त्यस्तै विभिन्न निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत,स्थानान्तरण तथा नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापनका कार्यबाट समेत कम्पनीको सेवा प्रवाह गर्ने कार्यमा प्रभाव परेकाले पनि आम्दानी घट्न पुगेको कम्पनीले उल्लेख गरेको छ ।

लागत बढी तथा प्रतिफल कम हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र त्यसले गर्दा लागत समेत बढिरहेको कम्पनीले जनाएको छ ।

समाचार

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्…

नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी 

नेपाल दुरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्ष २०७९/०८० को …

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता 

एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ …

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबा…

नेपाल टेलिकमको १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट स…

अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?

छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन ड…

पोखरा विश्वविद्यालयको \'ईन्जिनियरिङ अध्ययनका अवसरहरु\' विषयमा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा पोखरा विश्वविद्यालयमा ईन्जि…

अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर गर्नुपर्छः मन्त्री शर्मा

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र…

ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति 

नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ …

नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्ष…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अ…

नेपालमै पहिलो पटक एभरेष्ट बैंकले सुरु गर्याे अफलाइन भुक्तानी सेवा

एभरेष्ट बैंकले फोने पे नेपालसंगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” …

‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन खल्ती मार्फत गर्न सकिने

खल्तीले  ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट  गेम्स…

डिजिटल डेटा संरक्षणका लागि भारतले ल्यायो कडा कानून

छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ ।…

रुसमा सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध

रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्स…