कीवर्डहरू -

समाचार

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ ।

यो कार्यक्रम देशभर रहेका ५०,००० हजार बढि खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् ।

खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एप मार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन् ।
कार्यक्रम अन्तर्गत, राम्रो कार्य गर्ने १,००० भन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ ।

खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ ।

कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिन्छ ।

एनसेल आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्दछ र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न समर्पित छ । हाल संचालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरु कार्यक्रमहरुका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ ।

ग्राहकको सेवा अनुभवलाई थप सुधार गर्न एनसेलले नेटवर्कमा निरन्तर लगानी गरिरहेको छ र ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न आकर्षक अफरहरू ल्याइरहेको छ । उदाहरणका लागि, एनसेलले हालैमात्र कर सहित रु. १५० देखि सुरु हुने तीनवटा डबल मजा प्याक ल्याएको छ । यस प्याक अन्तर्गत प्याकको समयसीमा समाप्त हुनु अघि ग्राहकहरूले फेरी सोही प्याक खरिद गरेमा प्रत्येक पटकको पुनः खरिदमा बोनस स्वरुप डबल डेटाको लाभ लिन सकिन्छ ।

 

समाचार

नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु

नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भु…

न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक

गत वर्ष डिसेम्बरमा, टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार (कपिराईट) उल्लङ्घनको आरोप…

टिम भिजनले जित्यो ख्वप कलेज अफ इन्जिनियरिङमा हल्ट प्राइज

ख्वप कलेज अफ इन्जिनियरिङका तीन विद्यार्थीको समूह टिम भिजन ख्वपा कलेज अफ इन्जिनियरिङबाट हल्ट प्राइजको विजेता बनेको छ ।…

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी …

नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी

नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …

एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने

क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विश…

सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निर…

वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सहज बनाउन सम्झौता

बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपा…

फिगर एआई: बेजोसदेखि एनभिडियासम्मको लगानीमा मानिसजस्तै रोबोट बनाउने स्टार्टअप

तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा मानव रोबोटलाई लिएर नयाँ विवाद उत्पन्न हुन लागेको छ । आजकाल टेक संसारका धेरै ठ…

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…

विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द

पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…

अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी

अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको…

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नाम…