कीवर्डहरू -

समाचार

कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

कुमारी क्यापिटल नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरूमा आबद्ध भएको छ । कुमारी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने बताइएको छ ।

साथै, क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैङ्क खाताहरुबीच सोझै गर्न सक्नेछ ।

पहिलो चरणमा क्यापिटलका इकाई धनीहरुले सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)मा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरू पनि थपिने छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैङ्क वित्तीय संस्थाहरू आबद्ध छन् ।

यस्तै, पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैङ्क, सरकारी तथा अर्धसरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।

मर्चेन्ट बैङ्किङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा छन् ।

समाचार

सानिमा बैंकको ‘५इन१’ खाता, डिम्याट खातादेखि मेरो शेयरसम्म सुविधा

सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानि…

एनसीआईटीमा आयोजना भएको विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न 

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…

आइएमई पेको ‘फ्ल्यास सेल’ अफर, एयलाइन्सको टिकट काटदा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले  आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा स…

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात ग…

एनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस, आवाजबाटै क्युआर भुक्तानीको जानकारी

एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्…

यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)

सफ्टवेरिका कलेजमा टेक एक्स २०२३ सुरू भएको छ । बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्…

आईटीका जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोशिस भइरहेको बताएकी छन् ।

आज काठमाडौं…

शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रद…

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनि…

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादबीच सहकार्य

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावादबीच सहकार्य भएको …

एनसीआईटी कलेजमा टेक्नोप्रेनरसिप कोर्ष सम्पन्न

नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसिआइटी) ले टेक्नोप्रेनरसिपको समापन कार्यक्रम …

१६ औँ वार्षिकोत्सवको अवसरमा ब्रोडवे इन्फोसिसका सबै कोर्षमा ३२ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले १६ औँ वार्षिकोत्सवको अवसरमा सबै कोर्सहरुमा ३२ प्रतिशत छुट दिने भ…

भोलिदेखि सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी, निःशुल्क अवलोकन गर्न सकिने

आईटी तथा ई-कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आ…

सीजी नेटको नयाँ अफर, इन्टरनेट रिफर गर्नेले टिभी, स्मार्टवाच र एयर पड्स पाउने

सीजी नेटले रिफर, रिडिम र रिपिट अर्थात (आरआरआर) अफर ल्याइएको छ । यस अन्तर्गत सीजीन…

एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म ल्याउन एसबी सोलुसन र फिनबोट्सबीच सहकार्य 

एसबी सोलुसन्सले सिंगापुरको फिनटेक कम्पनी फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई…