समाचार
डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार
काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान र ईन्जिनियरिङ् विभागका विभागीय प्रमुख तथा आइसिटी अवार्डका जुरी डा. बालकृष्ण बल (भोजपुर) ले १ लाख राशिको प्रविधि पुरस्कार २०७९/२०८० पुरस्कार पाएका छन् ।
नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६ औं प्राज्ञसभा बैठकले २०७९ र २०८० का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।
त्यसैगरी ७५ हजार राशीको विज्ञान तथा प्रविधि युवा पुरस्कार ३ जनालाई क्रमशः डा. सुप्रिया शर्मा, माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रि.वि.वि.लाई, डा. देवराज अधिकारी, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहर भवनलाई र डा. मुक्तिराम पौडेल, केन्द्रीय वनस्पति विभाग, त्रि.वि.वि. लाई प्रदान गरिने निर्णय भएको नास्टले जानकारी दिएको हो ।
त्यस्तै, सभाले ७५ हजार राशीको महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. शान्ता पोखरेल, त्रिचन्द्र क्याम्पस, त्रि.वि.वि लाई, ५० हजार राशीको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार डा. भूपेन्द्र दास, सप्तरीलाई र डा गोकर्ण जंग थापा, धनुषालाई, ५० हजार राशीको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार अतुल मिश्र, कान्तिपुर दैनिकलाई, जनही ७५ हजार राशीको विज्ञान शिक्षक पुरस्कार सात वटै प्रदेशका क्रमशः दामोदर सिग्द्येल, मोरंग, बद्री नारायण झा, बारा, मुकुन्द प्रसाद काफ्ल, काठमाडौं, शेखरनाथ शर्मा पौडेल, कास्की, डिला राय खनाल, रुपन्देही, भीम बहादुर बि.क., जुम्ला, केशवराज विष्ट, दार्चुलालाई प्रदान गर्ने निर्णय गरेको छ ।
सभाले उत्कृष्ट विद्यार्थी पुरस्कार जनही २५ हजारका दरले प्रत्येक प्रदेशका १ जना छात्र र १ जना छात्रा गरी १५ जनालाई, जनही २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुशिला कँडेल, बाग्लुंग र प्रदीप ढुंगानालाई, यस्तै ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार भवानी पाण्डे, कैलालीलाई प्रदान गर्ने निर्णय भएको छ ।
१ लाख राशीको काजी इन्द्र कटुवाल कृषि पुरस्कार डा. शैलेन्द्र खत्री, ललितपुरलाई र १ लाख ५० हजार राशीको गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार डा. राजु अधिकारी, अष्टे्र्लियालाई प्रदान गर्ने निर्णय भएको छ ।
सभाले २०८० सालमा प्रदान गरिने पुरस्कारहरु अन्तर्गत २५ हजार राशीको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सुमन प्रकाश प्रधान र मनिता स्याउलालाई, ५० हजार राशीको फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार शिशिर शर्मालाई, २५ हजार राशीको मोहन ध्वज बस्नेत प्रज्ञा पुरस्कार सिमा कुमारी गुप्ता, हस्क पावर नेपाल प्रा.लि.बीरगन्जलाई, २५ हजार राशीको भुवनेश्वर प्रविधि पुरस्कार, सुमन अर्याल, सूर्य किरण फाइबर इन्डस्ट्र्जि प्रा. लि. चितवनलाई, २५ हजार राशीको जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कार राजन शाक्य, ललितपुरलाई प्रदान गर्ने निर्णय भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
समाचार
नबिल बैंकद्वारा आफ्नो क्रेडिट कार्ड लिएका ग्राहकका लागि बिना शुल्क इएमआई अभियान
नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्…
एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण
एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई…
समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छ…
कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिमा भर्ना
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खुल्ला गरेको छ । कानून जारी भएको करिब १ वर्ष…
एनसेलद्वारा काठमाडौं, भैरहवा र जनकपुरमा बम्पर पुरस्कार हस्तान्तरण
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत मंगलबार थप ३ जना ग्राहकलाई ब…
नेपालमा आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको इकोसिस्टम विकास गर्न कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (य…
एप्पलद्वारा आइओएस १७.१.१ अपडेट सार्वजनिक
एप्पले प्रयोगकर्ताहरुका लागि आइओएस १७.१.१ अपडेट सार्वजनिक गरेको छ । यो एक सानो अपडेट हो । यसको सहयोगमा, कम्पनीले केही ब…
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए बम्पर प्राइजमा स्कुटर
एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्ग…
आइसिटी अवार्डका जुरी संयोजक सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष निर्वाचित
बिजबेलका संस्थापक, आइसिटी अवार्डका जुरी तथा युवा जलविद्युत् उद्यमी सुशील पोखरेल सन् २०२३–२…
नागरिक एपबाटै अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने
नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो…
यस्तो छ मस्कले सार्वजनिक गरेको आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक
एलन मस्कले हालै आफ्ना प्रयोगकर्ताहरूका लागि आर्टिफिशियल इन्टेलिजेन्स च्याटबोट ग्रोक ल्याएका छन् ।
एलन मस्कको एआई कम्पनी…
आजदेखि लागु हुँदै एमडीएमएस, पहिलो चरणमा हाई ईण्ड फोनका नेटवर्क लक हुने
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ ।
म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली
आइटेक कर्णालीले म्यापिंग सागा :ओएसएम ट्रेनिंग एण्ड म्याराथन आयोजना गर्ने भएको छ । यो कार्यक्रम ओपन…
सफ्टवेरिका कलेजका १० विद्यार्थीले लिए कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव
सफ्टवेरिका कलेजका १० नेपाली विद्यार्थीले कोभेन्ट्री युनभिर्सटीमा बेलायती शिक्षाको अनुभव लिएका छन् । सफ्टवेरिका कलेज अफ आईटी…
लगानी तथा व्यापार अभिबृद्धि गर्न सीएनआई अगोरा वेब प्लेटफर्ममा आवद्ध
नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिबृद्धिमा सहयोग ग…