कीवर्डहरू -

समाचार

दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई पनि प्रविधि मैत्री बनाउन सुरू गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहेका साम्पाङ्ग खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन सुरू गरेका छन् ।

यसै क्रममा धरान खानेपानी व्यवस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीज प्रा.लि बिच बोर्डलाई अटोमेशनमा लैजान सम्झौता भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा व्यवस्थापन सफ्टवेयर वाटरमार्क प्रयोग गरि पूर्ण अटोमेशनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्घाटन गरिसकेका छन् ।

मेयर साम्पाङ्गले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए । यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताएका छन् ।

हालसम्म करिब ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको हो ।

समाचार

सेवा विस्तार र गुणस्तर सुधार गर्न एनसेलले एक वर्षमा जडान गर्‍यो ३३८ मोबाइल टावर

एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तर…

क्लासिक टेक, सुबिसु, ब्रोडलिंक, मर्कन्टाइलसहित ४८ इन्टरनेट कम्पनीले बुझाएनन् सरकारलाई राजस्व 

नेपाल दुरसञ्चार प्राधिरणले रोयल्टी नबुझाएका ४८ कम्पनीलाई बुझाउन अनुरोध गरेको छ । …

पठाओ ट्याक्सीको चार वर्ष पूरा भएको अवसरमा पार्सल सुविधा सुचारु

लोकप्रिय राइड सेयरिङ सेवा प्रदायक ‘पठाओ’ ले बुधबारदेखि ‘पठाओ पार्सल’ सेवा सुरू ग…

ओहो केकको ब्रान्ड एम्बेसडरमा ललित राजवंशी

स्टार्ट अप उद्यमको रूपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि …

नेपाल टेलिकमले भन्योः हराएका रिचार्ड कार्ड सिस्टममा एक्टिभेट छैनन्, रिचार्ज गर्न सकिदैन्

नेपाल टेलिकमले हराएका रिचार्ड कार्डबाट रिचार्ज गर्न नसकिने बताएको छ । बुधबार एक स…

‘इन्साइड इन्टर्नसीपः एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल’ विषयमा वेबिनार हुँदै

आइटेक डट कर्णालीले इन्साइड इन्टर्नशीप : एक्सप्लोरिङ अपरचुनिटिज एण्ड प्रोसेस इन नेपाल …

अब मासिक १०० रूपैयाँमै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटे…

ढुवानीका क्रममा नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए

नेपाल टेलिकमका ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । बुधबार एक …

एफडी मोटर्सको नयाँ शोरूम अब इटहरीमा

एफडी मोटर्सको नयाँ शोरूम इटहरीमा खुलेको छ । ग्रन्थ ईभीले एफडी मोटर्सको नयाँ शोरूम…

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरू

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर नेपालमा खुला भएको छ । स…

कुन बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोमै तुलना गर्न सकिने 

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । …

कसरी दिने आइसिटी अवार्ड २०२३ का लागि अनलाइन आवेदन ? यस्तो छ तरिका 

गत साउन १ गतेबाट सुरू भएको आठौं संस्करणको आइसिटी अवार्डमा आवेदन दिने समय केही द…

बुद्ध एयरको वेबसाइट तथा एपबाट टिकट काट्दा अब आईएमई पेमार्फत पैसा तिर्न सकिने

बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भ…

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर, कति भयो राजस्व सङ्कलन ?

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २…

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक भएको छ । प्लस साइज नेपालले इस्मल…