कीवर्डहरू -

समाचार

नासाको गलत निर्देशनले १९.९ अर्ब किलोमिटर टाढा पुगेको भोयाजर–२ बाट सिग्नल प्राप्त

नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) को गलत निर्देशनका कारण भोयजर-२ अन्तरिक्षयान १९.९ अर्ब किलोमिटर टाढा पुगेको छ ।

योसँगै अन्तरिक्षयानको एन्टेना पनि २ प्रतिशतले सरेको थियो, जसका कारण नासासँगको अन्तरिक्षयानको सम्पर्क टुट्न पुगेको थियो । तर मंगलबार भने भोयजर–२ १९९७ बाट हार्टबिट सिग्नल प्राप्त भएको छ ।

प्राविधिक गडबडीका कारण अन्तरिक्ष यानले डिप स्पेस नेटवर्कमा अन्तरिक्ष जानकारी पठाउन सकेको थिएन । यसैबीच मंगलबार धेरै दिनपछि अन्तरिक्षमा भोयाजर २ को आवाज सुनिएको जानकारी आएको हो ।

अष्ट्रेलियाको क्यानबेरामा रहेको आफ्नो सबैभन्दा ठूलो एन्टेनामार्फत भोयजर–२ को खोजी भइरहेको नासाले जानकारी दिएको थियो । हाल, यो अन्तरिक्ष यान रहेको ठाउँबाट पृथ्वीबाट अन्तरिक्ष यानमा कुनै पनि सिग्नल पठाउन १८ घण्टाभन्दा बढी समय लाग्छ ।

परियोजना प्रबन्धक सुजेन डोडले मंगलबार इमेलमार्फत जानकारी दिए अनुसार अन्तरिक्ष यानको संकेत डीप स्पेस नेटवर्कमा ट्र्याक गरिएको छ । यसको मतलब ४६ वर्ष पुरानो अन्तरिक्ष यान अझै काम गरिरहेको छ ।

क्यालिफोर्नियाको जेट प्रोपल्सन प्रयोगशालाका उडान नियन्त्रकहरूले अब भोयाजर-२ को एन्टेनालाई पृथ्वीतर्फ फर्काउने प्रयास गर्नेछन् ।

वैज्ञानिकहरुले अन्तरिक्षयानलाई नियन्त्रणमा ल्याउन नसके अटोमेटिक स्पेसक्राफ्ट रिसेटका लागि अक्टोबरसम्म कुर्नुपर्ने बताएका छन् ।

यद्यपी, वैज्ञानिकहरूले अन्तरिक्षयानको एन्टेना २ प्रतिशत मात्रै अफ–किल्टर भएको विश्वास गर्छन् । यो भोयजर २ सन् १९७७ मा अन्तरिक्षमा रहेका अन्य ग्रहहरूको खोजीका लागि प्रक्षेपण गरिएको थियो ।

भोयजर २ सँगसँगै भोयजर १ लाई पनि अन्तरिक्षमा पठाइएको थियो । भोयाजर १ अहिले पृथ्वीबाट १५ अर्ब माइल (२४ बिलियन किलोमिटर) टाढा छ । सन् २०१८ मा भ्वाएजर–२ ले सौर्यमण्डल पार गरी इन्टरस्टेलर अन्तरिक्षमा पुगेको थियो ।

समाचार

आर्सेन टम्स्कीको पुस्तक ‘इभड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ अब नेपाली भाषामा 

ग्लोबल राइड शेयरिङ कम्पनी इनड्राइभका संस्थापक तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक इ…

कोडिङ, रोबोटिक्स र एआइ प्रोग्रामका लागि स्टिम डट ओआरजीबाट दुरशिक्षालाई मान्यता

दुरशिक्षाले कोडिङ, रोबोटिक्स र एआइ प्रोग्रामका लागि स्टिम डट ओआरजीद्वारा मान्यता प्रा…

वेबिनारबाट महिनावारीको विषयमा जनचेतना फैलाउँदै \'ब्लुमिङ रेड\'

युवाहरुले सञ्चालन गरेको प्रोजेक्ट ब्लुमिङ रेडले वेबिनारमार्फत महिनावारीको सामाजिक,…

माथिल्लो डोल्पाको तेन्जीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

नेपालको सबैभन्दा ठूलो इन्टरनेट वर्ल्डलिंक कम्युनिकेसनले माथिल्लो डोल्पाको तेन्जीमा इन्…

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव अधिकारी मनोनयन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधि…

सामसङ टिभी खरिदमा ३ वर्षको वारेन्टी

नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकहरूका लाग…

टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्‍यो फुडमाण्डुको आशिंक शेयर

टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री …

आइएमई पेको नारीहरूलाई लक्षित गर्दै \'प्रिटी उत्सव\' अफर

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिटी उत्सव नामक अफर सार्वजनिक गर…

फोनपेबाट विद्युतको बिल तिर्ने अनुपले जिते आईफोन १३ 

नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्द…

नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौंः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान ब…

आईटी सेवा निर्यात गर्ने नेपाली फ्रिल्यान्सरले औषतमा वार्षिक कति आम्दानी गर्छन् ? 

सूचना प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय आईटी सेवा निर्यात गर्ने फ्रिल्यान्सरह…

एनसेलको बिन्दास डेटा प्याक, ७५ रूपैयाँमा ५ घण्टाका लागि अनलिमिटेड डेटा

ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाब…

क्युआर स्क्यान गरेपछि अब एसएमएस कुर्नु नपर्ने, एलईडी बोर्डमै कारोबारको रियल टाइम जानकारी

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहर…

नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने

नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाइबरनेटको शोरूम

महेन्द्रनगर - कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात भएको छ ।  साउन १२ गते…