समाचार
पाँच विधामा सरकारले वितरण गर्यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ?
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार वितरण गरेको छ । मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा ६ व्यक्ति तथा संस्थालाई नेसनल आइसिटी अवार्ड वितरण गरेको हो ।
विजेतालाई १ लाख नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस वर्ष पुरुषतर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ पूर्व सह-सचिव विरेन्द्र मिश्रलाई प्रदान गरिएको छ । सरकारी सेवालाई डिजिटलाइज गर्न महत्त्वपूर्ण योगदान दिएको भन्दै मिश्रलाई सरकारले सम्मान गरेको यो ।
यस्तै महिलातर्फ नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ प्रा. तिमिला यमी थापा सम्मानित भएकी छन् । त्यसैगरी नेपालको सूचना प्रविधिमा क्षेत्रमा निजीक्षेत्रबाट उल्लेखनीय योगदान दिने २ कम्पनीलाई पनि सरकारले सम्मान गरेको छ ।
यस अन्तर्गत नेसनल आइसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन् ।
५ विधा मध्ये यस वर्षको नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ मा सर्वोच्च अदालत सम्मानित भएको छ । नागरिकलाई प्रविधिमैत्री सेवा दिएको भन्दै सरकारले सर्वोच्च अदालत सम्मान गरेको हो ।
यसका साथै नवप्रवर्तन तर्फ प्रिक्सा टेक्नोलोजी सम्मानित भएको छ । प्रविधिको क्षेत्रमा इन्नोभेटिभ प्रडक्ट बनाइरहेको प्रिक्सा नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको हो ।
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न सरकारले नेसनल आइसिटी अवार्ड वितरण गर्दै आएको छ ।
वि.सं. २०७४ जेठ १९ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिदै आऐको छ ।
समाचार
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित
नेसनल आईसिटी अवार्ड (पब्लिक सेक्टर) २०२३ बाट सर्वोच्च अदालत सम्मानित भएको छ । राष्ट्र…
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित
नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ वुमनबाट प्राध्यापक तिमिला यामी थापा सम्मानित भए…
विरेन्द्र मिश्र नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
सरकारी सेवालाई डिजिटाइज गर्न महत्वपूर्ण योगदान दिएका पूर्व सह-सचिव विरेन्द्र मिश्र न…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस सुरू
सुरक्षित सूचना प्रविधि, सुशासन र सम्वृद्धि भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार …
साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको ब…
सूचना प्रविधिको प्रयोगबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै
सरकारले मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिु भन्न नारासहित सरकारले मंगल…
क्यान महासंघ मकवानपुरद्वारा अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन
क्यान महासंघ मकवानपुर जिल्ला शाखाले अंग्रेजी टाइपिङ प्रतियोगिता सञ्चालन गरेको छ । …
पठाओले गर्यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्यवस्थापनको मस्यौदा ल्याउने
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …
सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक
सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…
सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली
कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…
सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग …
महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै
सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…
वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने
चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…