कीवर्डहरू -

समाचार

विद्यार्थीको कोडिङ र एआई क्षमता अभिवृद्धि गर्न कोडएभोर प्रतियोगिता गर्दै निमा एकेडेमी 

नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूकाबिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने कोडएभोरको क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ग्लोबल रोबोटिक्स, कोडिङ र एआई च्यापियनको रूपमा परिचित प्रतियोगिता ‘कोडएभोर ५.० रिजनल’ शुक्रबार घोषणा गरिएको हो । यस्तो खालको कार्यक्रम नेपालमै पहिलो पटक निमा एकेडेमीले गर्दैछ ।

निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने कोडएभोर कोसेढुङ्गा सावित हुने बताए ।

स्टिमपिडियासँगको साझेदारीमा गर्न लागरिएको यस कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यअनुरूप युवा विद्यार्थीहरूको सशक्तीकरणमा केन्द्रित हुनेछ ।  नेपालभरका १०० बढी विद्यालयका करिब २ हजार विद्यार्थीहरूले भाग लिने अपेक्षा गरिएको छ ।

यसका लागि शुक्रबारबाटै दर्ता खुला गरिएको छ । प्राप्त आवेदन मध्येबाट छनौट भएका सहभागीहरूले २०२४ को प्रारम्भमा क्षेत्रीय प्रतिस्पर्धामा नेतृत्व गर्दै उद्योगका विशेषज्ञहरूमार्फत परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् ।

शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५ हजार बराबरको रकम वितरण गरिने छ । यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको लागि उनीहरूको सिप अभिवृद्धि गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) मा आफ्नो क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

यस कार्यक्रमअन्तर्गत आगामी नोभेम्बरसम्म आवेदन दिन सकिने छ भने डिसेम्बरमा तालिम सञ्चालन हुनेछ । त्यसपछि सन् २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनालेका लागि विश्वव्यापी रूपमा शीर्ष १० परियोजनाहरू छनौट गरिने छ ।

समाचार

दराजको दशैं धमाका अफरः ७० प्रतिशतसम्म छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका

नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धम…

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू

अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार ब…

सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न 

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्ट…

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका…

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्र…

तिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा

नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्…

चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने 

चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितर…

दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने

सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो …

सानिमा बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग …

सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने

सूचना प्रविधिमा आधारित उद्योगमा अब विदेशी लगानीकर्ताले स्वचालित रूप (अटोमेटिक रूट…

डिजिटल पेन्ट्सको  चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने

ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले  च…

आइशरको दशैं तिहार योजना, बम्परमा मिनी इभी कार जित्ने मौका

आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका ला…

कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट

अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्…

कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रवि…

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेट…