समाचार
एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा एकसाथ ७७०० रूख वृक्षारोपण गरिने
विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा ३इलभथ्यगतजइलभएबिलत अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षारोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।
सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ । “आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरुको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणा सँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौ । यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुदाँ यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।
नेपालका युवाहरुका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरुसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ ।
नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि बृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान संचानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ । लामो समयदेखि युवाका क्षेत्रका क्रियाशिल परिषद्ले विभिन्न तहमा युवालाई जोडेर विगत लामो समय देखि नै वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा समेत कार्य गर्दै आईरहेको छ ।
यसअघि नेपाल युवा परिषदले एनसेलसँगको सहकार्यमा ५ वटा प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरिसकेको छ । यसरी गरिएका प्रदेश सम्मेलनमा प्रदेश तथा स्थानीय स्तरमा रहेका युवाहरुलाई युवा उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्तीमा युवाको भुमिका लगायतका बिबिध बिषयबस्तुलाई केन्द्रबिन्दुमा राखि बिभिन्न बिज्ञहरुको उपस्थितमा कार्यपत्र प्रस्तुत गर्ने समेत गर्दै आईरहेको छ ।
सम्मेलनमा सहभागी युवाहरुले प्रादेशिक स्तरको प्रादेशिक कार्ययोजना निर्माण गरी उक्त कार्ययोजनालाई प्रदेशको मुख्यमन्त्री, सामाजिक विकास मन्त्री लगायताका सरोकारवाला निकायलाई बुझाउदै आईरेहेको छ । बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भईसकेको उक्त सम्मेलन छिट्टै बाँकी २ प्रदेश र केन्द्रमा समेत आयोजना हुने परिषद्ले जनाएको छ ।
समाचार
डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट पेवेल र सजिलो पेको बैंक खाता रोक्का गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू
सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । …
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेक…
आईसर्भबाट उत्कृष्ट डिजिटल बैंकिङ दिने एनआईसी एशिया बैंकले पायो इनोभेसन अवार्ड
एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनो…
लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
…नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनमा गर्न जोड दिन आग्रह
आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले स्वागत गरेको छ । सूचन…
राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता
तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन् । राष्ट्रिय…
डीएनए परियोजना फिर्ता गएपछि विश्व बैंकको सहयोगमा नयाँ परियोजना ‘डिजिटल स्टार’ सुरू हुँदै
विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन हुने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन व…
साइबर कनेक्ट २०२४ सम्पन्न
जेनस सोलुसन र नेपाल बैंकर संघको संयुक्त पहलमा आयोजना भएको साइबर कनेक्ट २०२४ काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको छ । एडब्लुएस (अमेजन वेब सर्भिसेज) शीर्…
'पठाओ पार्सल डेलिभरी' सेवा अब नेपालभर, उपत्यका भित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र
राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परिक्षण ग…
क्यान महासंघले भन्यो - आईटी क्षेत्रका लागि बजेट स्वागतयोग्य छ, कार्यान्वयन बलियो हुनुपर्छ
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्…
माइक्रोसफ्ट एआई कोपाइलट च्याटबट टेलिग्रामसँग एकीकृत
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको भूमिका दिन प्रतिदिन बढ्दै गइरहेको छ । धेरै मानिसहरू लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्…
सस्तो फ्लाईट खोज्दै हुनुहुन्छ ? गूगल फ्लाईटले गर्न सक्छ सहयोग
फ्लाइटमा यात्रा गर्न कसलाई मन पर्दैन् र । त्यसमाथि सस्तो उडान भयो भने झन् कति सहज ? यदि तपाई पनि सस्तो फ्लाईटको खोजीमा…
अर्थमन्त्री भन्छन् - १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव छ
अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्न सम्भव भएको बताएका छन् ।
आईओएसमा थ्रीडी भिडियो बनाउनका लागि सार्वजनिक भयो निःशुल्क एप
सित्तैमा थ्रीडी भिडियोहरू बनाउन मद्दत गर्ने एप सार्वजनिक भएको छ । डोली नामको एप सार्वजनिक गरिएको छ जसले कुनै पनि फोटोलाई थ्रीड…