समाचार
हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको रेमिट्यान्स आधा घण्टाभित्र वालेटमा जम्मा हुने
हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ ।
हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैंसा पठाउदा वालेटमा रु. १०० बोनस पाउनुहुनेछ भने यो अफर बैशाख ७ गते सम्म मान्य हुनेछ।
सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ । अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन् ।
हाम्रो पात्रोका अनुसार यदि अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रो मार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ ।
अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसैगरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ ।
गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । यसको छुट्टै मोबाइल एप छैन ।
सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन् ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने 'स्प्लिट मनी', सापटी माग्न सकिने 'आस्क मनी'का साथै अङ्ग्रेजी र नेपालीका साथै विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन् ।
यस बाहेक हाम्रो पेमार्फत भएको खर्च ट्रयाक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ । कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था गरेको छ
समाचार
एनएमबि सजिलो क्युआर कर्जाको सुरुवात, बिनाधितो २ लाखसम्म ऋण पाइने
एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा ‘नयाँ बर्ष, नयाँ धमाका’ नारासहित क्युआर…
चार्जिङ स्टेसनको अभावमा साझाका विद्युतीय बस सञ्चालनमा आएनन्
विद्युत चार्जिङ स्टेसनको अभावमा साझा यातायातका विद्युतीय बस थन्किएर बसेको पाइएको छ…
नयाँ वर्षमा आईएमई पेको अफर, भुक्तानी गर्दा १० जनालाई शतप्रतिशत क्यासब्याक
आइएमई ग्रुप अन्तर्गत आइएमई डजिटिल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्ष २०८० लाई स्…
मेसिन मर्मत नहुँदा २ वर्षदेखि प्रहरी अस्पतालको एमआरआई सेवा बन्द
नेपाल प्रहरी अस्पतालको एमआईआई मेसिन मर्मत नहुँदा २ वर्षदेखि सेवाग्राहीले सेवा पाउन…
अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या
अनलाइन पुलिस रिपोर्ट र ट्राफिक जरिवाना भुक्तानी प्रणालीमा समस्या देखिएको छ ।
एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न
नेपाली नयाँ वर्ष २०८० को अवसरमा आज वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आ…
उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट से…
आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइज नहुँदा प्रभावकारी भएन एकल बिन्दु सेवा केन्द्र
एकल बिन्दु सेवा केन्द्रका लागि आवश्यक सफ्टवेयर विकास नहुँदा सेवा प्रवाह प्रभावकारी न…
आधिकारिक इमेल जाँच गर्न व्यक्तिगत इमेल प्रयोग गर्छन् राष्ट्र बैंकका कर्मचारी
नेपाल राष्ट्र बैंकका कर्मचारीले नै आधिकारिक इमेलको जाँच गर्न व्यक्तिगत इमेल प्रयोग ग…
ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सुरक्षामाथि महालेखाले उठायो प्रश्न
एशियाली विकास बैंकको सहयोगमा तयार भएको ऋण सञ्चालन र व्यवस्थापन सफ्टवेयरको डेटा सु…
सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास
सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …
राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक
राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयो…
विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित
विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधीकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसे…
दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट स…
नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’
नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गर्ने…