समाचार
एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्सका 'गड फादर' भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वातामा हिन्टनले एआई बारे चिन्ता व्यक्त गर्दै सरकारले आधारभूत आय निर्धारण गर्नुपर्ने बताएका हुन् ।
विश्वव्यापी आधारभूत आय निर्धारण गर्नुपर्ने उनको भनाइ छ । यसको मतलब सरकारले आफ्नो स्रोतसाधनको वास्ता नगरी प्रत्येक व्यक्तिलाई निश्चित आधारभूत तलब दिनुपर्नेछ ।
आगामी ५ देखि २० वर्ष भित्रमा मानिसले एआईले सिर्जना गरेको विभिन्न समस्याहरु भोग्नुपर्ने उनको आशंका छ । हिन्टनका अनुसार एआईले मानिसका लागि ‘विलुप्त हुने खतरा’ निम्त्याउन सक्छ किनभने एआई जैविक बुद्धिमत्ताभन्दा धेरै उत्कृष्ट बौद्धिकतामा विकास हुँदै आएको छ । यो निकै चिन्ताजनक रहेको उनको भनाइ छ ।
यसअघि हिन्टनले एआई च्याटबटको खतरा पनि डरलाग्दो रहेको बताएका थिए । उनका अनुसार आगामी दिनमा च्याटबट मानिसभन्दा धेरै बौद्धिक साबित हुनेछ । यति मात्र होइन, यी च्याटबटहरू गलत उद्देश्यका लागि प्रयोग हुने सम्भावना पनि रहेको छ ।
जेफ्री हिन्टनले गत वर्ष गुगल इकाईमा काम गर्दै गर्दा एआईको बारेमा आफ्नो बयानका कारण चर्चामा आएका थिए । हिन्टनले भनेका थिए, ‘एआईबाट उत्पादकता र पैसा बढ्छ, तर यो पैसा धनी मानिसहरूमै जान्छ, जसले गर्दा धनी झन धनी र गरिब भने गरिबनै रहन्छन् । यसका साथसाथै एआईका कारण मानिसहरुको रोजगारी गुम्ने छ र यो समाजका लागि निकै नराम्रो साबित हुनेछ ।’
समाचार
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छि…
चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल
एप्पलले चाँडै आईफोन १६ डिस्प्लेको उत्पादन सुरु गर्ने भएको छ । एक नयाँ रिपोर्टले आईफोन १६ को उत्पादन जूनमा सुरु हुने बताएको छ ।…
दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी
नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताए…
आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार …
किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता
मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता भएको छ ।
किसानका लागि डिजिटल प्लेटफर्म व…
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
विगत २२ वर्षदेखि आइसिटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६०…
गूगलको नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास सार्वजनिक
गूगलले नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास ल्याएको छ । यो एआई मोडल कम्पनीको जेमिनी १.५ प्रो भन्दा छिटो र प्रभावकारी रहेको गूगलले&…
भूमिगत विद्युत वितरण प्रणाली परीक्षण हुँदै, पोलबाट इन्टरनेट केबल लगायतका संरचना हटाउन अनुरोध
काठमाडौंमा विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणाली निर्माण सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणले इन्टरनेट केबल, अप्टिकल फाइ…
आईटी सेवा तथा प्रडक्ट निर्यात गर्ने कम्पनीबाट एक प्रतिशतमात्रै आयकर लिन महासंघको सुझाव
नेपाल उद्योग वाणिज्य महांसघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सूचना प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिन सुझ…
फोर्ब्सको थर्टी अन्डर थर्टी एशियाको सूचीमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी
फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एशियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालकी श्रेया गिरी परेकी छन् ।
भिसाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त
भिसाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको छ । बंगलादेश र भियतनाममा बैंकिङ…
शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सफलतापूर्वक सम्पन्न
शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ ।&…
एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने
एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने निजी क्षेत्रकाे दूरसञचार सेवा प्रदायक कम्पनी एनसेलले सधै अन प्ला…
ओपन एआईले सार्वजनिक गर्यो नयाँ मोडल जीपीटी ४ ओ, निःशुल्क प्रयोग गर्न सकिने
एआई कम्पनी ओपन एआईले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फ्ल्यागशिप मोडल जीपीटी ४ ओ (४o) सार्वजनिक गरेको छ । नयाँ मोडल जीपीटी ४ ओ…
निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त
निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ ।