समाचार
‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो ।
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ ।
फाउन्डेसनले गतवर्ष फाल्गुण १२ देखि यसवर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट÷वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट÷भ्वाईस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनित गरिएको छ ।
वृत्तचित्र छनौट टोलीमा निर्देशक भुषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (टुरिज्ज बोर्डका पूर्व सिईओ) र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक छन् ।
उत्कृष्ट भिडियोहरू मध्य बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ ।
कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।
समाचार
एशिया प्रशान्त क्षेत्रमा ह्वावेको साझेदार सम्मेलन सम्पन्न, ६ नयाँ योजना सार्वजनिक
ह्वावेले आफ्ना एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ। दश देश…
डिजिटल भुक्तानीमा सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका सा…
फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने
बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल…
आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने
आइएमई पेले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने …
साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क
ह्वावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । काठमाडौ…
सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्…
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बो…
डिजिटल रूपान्तरणको बाटोमा भ्रष्ट कर्मचारीतन्त्र बन्नेछ बाधक
काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ …
भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन
नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेव…
महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नुहोलाः मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका कुनै पनि कर्मचारील…
बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी
चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा र…
भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क
अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट न…
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ
मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । …
प्राधिकरणले भन्योः इन्टरनेटको शुल्क बढाउन सेवा प्रदायकलाई निर्देशन दिएका छैनौं
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क/महशुलदर बढाउन सेवा प्रदायकहरुलाई कुनै…
नमस्ते पेको क्युआर कोडबाट नेपाल टेलिकमको विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिने
नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्…