समाचार
एसबी सोलुसन्स्द्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ
एसबी सोलुसन्स् प्रा. लिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल ।
नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक बर्षभन्दा बढि समय देखि यसको नियमित रुपमा उपयोग भईरहेको छ र यसले बैंकको स्वीकृति पत्रसँगै, क्रण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पुर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको छ ।
एसबी सोलुसन्स्ले बिगत पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ । नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्दै गरेको एक बर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको छ ।
डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरु तयार पार्न लाग्ने समय घटाई ग्राहकहरुलाई छिटो प्रशासनिक सेवाहरु प्रदान गर्न सहयोग गर्दै आएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ्ग अटोमेसन सोलुसन्स्हरु प्रदान गरिसकेको छ ।
क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरताहरुलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरूले केवल एउटा फारम भर्नु पर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पुर्ण कानुनी कागजातहरू सिस्टमले आफै तयार पारिदिन्छ ।
साथै, यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरु लिएर अंग्रेजी इनपुटहरुलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ यसले प्रयोगकर्ताहरुलाई अझ सहज पारिदिन्छ ।
“हामी क्याड मोड्युल मार्फत नबिल बैंकमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौं । हामी नेपालका सबै बैंक र वित्तीय संस्थाहरूमा समान स्तरको कानूनी कागजातहरू कार्यान्वयन गर्ने आशा राखेका छौ । नबिल बैंकको सफलता हाम्रो भिजन पूरा गर्नको लागि एउटा ठूलो कोसेढुङ्गा हो,”
एसबी सोलुसन्स् प्रा.लि. का सीईओ श्री संजोग मिश्रले भने । “हाम्रो उद्देश्य सधैं नवीन समाधानहरू प्रदान गर्ने हो जसले बैंक र वित्तीय संस्थाहरूलाई उनीहरूको ऋण प्रक्रियालाई सुव्यवस्थित गर्न सक्षम बनाउँछ, र हाम्रो प्रयासले सकारात्मक नतिजा ल्याएको देखेर हामी खुसी छौं ।”
समाचार
आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्ने बताए…
मानिसको कपाल किन सेतो हुन्छ ?
अमेरिकी वैज्ञानिकले मानिसको उमेर बढेसँगै उसको कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लगाएको दाबी गरेका छन् ।
सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने …
आइएमई पेबाट इन्सुरेन्सको बीमा नवीकरण गर्दा सत प्रतिशतसम्म क्यासब्याक जित्ने मौका
“आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ । <…
महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका ल…
यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’
नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको …
आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक
डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित …
आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?
आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मि…
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएक…
पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’
माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले पैसा नतिर्ने प्रयोगकर्ताहरुको ट्वीटरको ब्ल…
एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट
अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।
नेपालको विद्युतीय कर प्रणाली गुगल दर्ता, आम्दानीको २ प्रतिशत कर तिर्ने
विश्वकै सर्वाधिक इन्टरनेट सर्च इन्जिनका बादशाह गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएक…
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई-सिम उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०…