कीवर्डहरू -

समाचार

एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने

क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विशेषज्ञहरूले भर्खरै एन्ड्रोइड एक्सलोडर मालवेयरको नयाँ संस्करण फेला पारेका छन् । यो मालवेयर स्वचालित रूपमा चल्छ र प्रयोगकर्ताको एन्ड्रोइड उपकरणबाट संवेदनशील जानकारी चोर्ने गर्दछ ।

ब्लीपींग कम्प्यूटरद्वारा हालैको रिपोर्ट अनुसार, म्याकफी अनुसन्धानकर्ताहरूले एक्सलोडर मालवेयरको नयाँ संस्करण रिपोर्ट गरेका छन् । यो प्रयोगकर्ताको डिभाइसमा इन्स्टल हुने बित्तिकै, यो स्वचालित रूपमा सुरु हुन्छ र सक्रिय हुन्छ ।

म्याकफीले गूगललाई नयाँ एक्सलोडर मालवेयरको बारेमा रिपोर्ट गरेको छ । प्रयोगकर्ताको फोनमा सक्रिय हुँदा, यो मालवेयरले पासवर्ड, टेक्स्ट, फोटो, कन्ट्याक्ट, हार्डवेयर जानकारी जस्तै आईएमईआई, सिम र डिभाइस सिरियल नम्बर जस्ता जानकारी चोर्ने देखिएको छ ।

एन्ड्रोइड एक्सलोडर मालवेयरको नयाँ संस्करण रोमिङ मान्टिस नामक एक खतरा साइबर आक्रमण समूहद्वारा विकसित गरिएको हो । यो मालवेयर टेक्स्टमार्फत फैलिने गरेको छ । 

यस्तो एसएमएसमा छोटो यूआरएल पठाइन्छ । यो लिङ्क क्लिक गर्ने बित्तिकै, प्रयोगकर्तालाई मोबाइल एपको लागि एन्ड्रोइड इन्स्टल फाइल डाउनलोड गर्न प्रेरित गरिन्छ । 

यो मालवेयरले क्रोम जस्ते देखिएर प्रयोगकर्तालाई धोका दिन्छ ।  क्रोम नामको साथ, यसले सजिलैसँग प्रयोगकर्तालाई ब्याकग्राउण्डमा चल्न अनुमति माग्छ ।

एक्स लोडरले प्रयोगकर्तालाई अंग्रेजी, फ्रेन्च, जापानी, हिन्दी र जर्मन जस्ता विभिन्न भाषाहरूमा पूर्वनिर्धारित एसएमएस पठाउन अनुरोध गर्दछ ।

एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यो मालवेयरबाट बच्न फोनमा गुगल प्ले प्रोटेक्ट सुविधा सुचारू गर्न सुझाव दिइएको छ । गुगल प्ले प्रोटेक्ट सुविधाको साथ कुनै पनि प्रकारको मालवेयर एप प्रयोगकर्ताको फोनमा प्रवेश गर्न गार्‍हो हुन्छ ।

यद्यपि, केही प्रयोगकर्ताहरूले प्ले स्टोरबाट यो सुविधा अफ गरेका हुन्छन् । यसलाई अन गर्न सबैभन्दा पहिले तपाईंले गुगल प्ले स्टोर खोल्नु पर्छ । अब तपाईंले स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेको प्रोफाइल तस्वीरमा क्लिक गर्नुपर्नेछ । अब तपाईंले प्ले प्रोटेक्टमा क्लिक गरेर सुविधा अन गर्नु पर्छ ।

 

समाचार

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…

विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द

पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…

अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी

अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको…

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा …

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नाम…

आइएमई पेले ल्यायो स्मार्ट हेल्थ बीमा योजना, ३६५ रूपैयाँमा दुई लाख तीस हजारसम्मको बीमा सुविधा

आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ - सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वज…

सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य

ई-कमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । आईटी सम्बन्धि प्रडक्टहरू मात्रै डेलिभर गर्ने उद्देश्यले डिजिटल साहुजी सञ्चालनमा आ…

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पूर्णता पाएको छ । उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले…

लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता

आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित सरकारले तेस्रो पटक…

नेपालको लागि एक मात्र एडब्लुएस ट्रेनिंग पार्टनरको रुपमा छानियो जेनेस एकेडेमी

काठमाडौँस्थित  सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्रएडब्लुएस ट्रेनिंग पार्टनरको रु…

अब ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट लिन नपाइने

मेटाले ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट नलिन दिने भएको छ । वाबेटा इन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले एन्ड्रोइड बेटा टेस्टरहरू…

एलजीले पायो एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन

एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली(एआईएमएस) सर्टीफिकेसन(ISO/IEC 42001) प्राप्त गर…

केवाईसी भर्ने प्रक्रियालाई सहज बनाउँदै ठेगाना आईडी एप, अब मोबाइलबाटै सबै विवरण पठाउन मिल्ने

अहिलेसम्म कुनै पनि संस्थाको केवाईसीका लागि आवश्यक पर्ने सबै विवरण कार्यालयमै गएर कागजमा लेख्नु पर्ने बाध्यता छ । एकातिर हामी प्र…

दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा…

बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेजमा केइसी लाइट २०२४ आयोजना हुँदै

फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना हुने भएको छ । बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेज इ…