समाचार
प्राइम कमर्सियल बैंकको सहकार्यमा फोनपेद्वारा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न
डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।
फोनपेले विभिन्न क्षेत्र एवं समुदायहरुमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा यो साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।
फोनपेको आयोजना तथा प्राइम कमर्सियल बैंकको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रमको उद्धाटन समारोहमा जिरी नगर प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल राष्ट्र बैंकका डाइरेक्टर कृष्णराम धोजू, उद्योग बाणिज्य संघ जिरीका बाबुराजा श्रेष्ठ, जिरीका प्रहरी निरीक्षक विष्णु बहादुर वस्नेत, तारा दल गणका प्रमुख शेर बहादुर वस्नेत, प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठ, फोनपेका चिफ विजिनेस अफिसर सुमित दास, प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेश मान सिंह तथा फोनपेका बिजिनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको सहभागिता रहेको थियो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेबाट मोबाइल नम्बर राखेर रकम पठाउन र अन्तर-बैंक कारोबार मार्फत् तुरुन्तै रकम पठाउन सकिने फोनपेका चिफ विजिनेस अफिसर सुमित दासले बताए ।
प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ्ग एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाहरुको प्रयोग गरेर रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकहरुमा भुक्तानी गर्न सकिने प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले जानकारी दिए ।
विभिन्न क्षेत्र एवं समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय एवं क्षेत्रीयस्तरमा उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अन्तक्रिया एवं समाजमा घटेका घटनाहरुको उल्लेख समेत गरिएको थियो ।
समाचार
आइएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याक
आइएमई पेले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।
डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला सम्पन्न
फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असा…
डिजिटल नेपाल कन्क्लेभ २०२३ का लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता
डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौत…
दमक नगरपालिकालाई स्टार्टअप र प्रविधिमैत्री शहर बनाइने
दमक नगरपालिकालाई स्टार्ट-अप र प्रविधिमैत्री शहर बनाइने भएको छ । असार १ गते श्रीयोग…
विश्वकै सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूचीमा अमेरिकाको वर्चस्व, शीर्ष दशमा कुन कुन छन् ?
बोस्टन कन्सल्टिंग ग्रुपले विश्वका सबैभन्दा इन्नोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ …
१४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तयारीमा इन्टेल
इन्टेलले यस वर्षको अन्त्यमा आफ्नो १४ औं जेनरेशन मेटियर लेक प्रोसेसर निर्माण गर्ने तया…
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै
नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजा…
एनआईसी एशिया बैंकको वेबसाइटमा नयाँ फिचर, अब बोलेरै सेवाको जानकारी लिन सकिने
एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ…
‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई पेको साथ
नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको आरोहण अभियानमा ’आइएमई’ र ’आइएमई पे’ ले आर्थ…
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच साझेदारी
खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसन बिच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझे…
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ
नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…
अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ
प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…
‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’
३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…
१२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार
३२ जेठ,काठमाडौँ। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९…
नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने
नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय स…