समाचार
आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्ने बताएको छ।
हरेक वर्ष आइफोनमा नयाँ नयाँ फिचर ल्याइरहेको एप्पलले यो वर्षको सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राख्न लागेको हो।
एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ । यसका लागि एप्पलले आगामी आइफोन-१५ प्रो म्याक्सका लागि एक अर्को आपूर्तिकर्तालाई समावेश गर्ने योजना बनाइरहेको छ ।
आइफोन-१५ प्रो म्याक्समा एउटा पेरिस्कोप क्यामरा सेन्सर रहने बताइएको छ । यो एक प्रकारको टेलिफोटो लेन्स हो, जसले एउटा एंगल मिररको माध्यमबाट क्यामराको इमेज सेन्सरतर्फ प्रकाशलाई परावर्तन गर्छ र त्यसबाट उत्कृष्ट म्याग्निफिकेशन प्राप्त हुन्छ । प्रकाशको दिशामा परिवर्तनबाट आइफोन-१५ प्रो म्याक्सले कुनै धमिलोपन बिना नै उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ।
आइफोन-१५ मा पाँच गुणा बढी अप्टिकल जूममा उपलब्ध हुने बताइएको छ । आइफोनको सबैभन्दा पछिल्लो आइफोन-१४ प्रो म्याक्समा तीनगुणा अप्टिकल जूम रहेको छ । यसका लागि जिनियस इलेक्ट्रोनिक अप्टिकलले नयाँ आइफोनको क्यामराका लागि उक्त पेरिस्कोप सिस्टम निर्माण गर्ने बताइएको छ । यद्यपि यस विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
आइफोन-१५ सिरिजमध्ये आइफोन-१५ प्रोमा निकै पातलो भेजल्स रहनेछ । डिस्प्लेमा भेजल्स केवल १.५५ मिलिमिटरको हुने बताइएको छ । नयाँ आइफोनसँगै क्यामेरा मोडलमा पनि थोरै परिवर्तन हुन बताइएको छ । आइफोन-१५ प्रोमा उत्कृष्ट स्क्रिन टु बडी रेशियो राखिने जसबाट फोनको डिस्प्ले साइजलाई कम नगरी फोनलाई अझै कम्प्याक्ट बनाउन सकिनेछ ।
त्यस्तै आइफोन-१५ प्रो सिरिजले अब ईसिम मात्र सपोर्ट गर्न सक्ने बताइएको छ । आइफोन १४ सिरिजलाई अमेरिकी बजारमा केवल ईसिम मोडलमा पेश गरिएको छ । साथै अब विश्वका अन्य भागमा आपूर्ति हुने आइफोनमा पनि र्इसिम र फिजिकल सिम दुवै स्लट उपलब्ध बताइएको छ ।
समाचार
महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका ल…
यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’
नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको …
आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक
डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित …
आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?
आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मि…
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएक…
पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’
माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले पैसा नतिर्ने प्रयोगकर्ताहरुको ट्वीटरको ब्ल…
एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट
अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।
नेपालको विद्युतीय कर प्रणाली गुगल दर्ता, आम्दानीको २ प्रतिशत कर तिर्ने
विश्वकै सर्वाधिक इन्टरनेट सर्च इन्जिनका बादशाह गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएक…
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई-सिम उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०…
इन्टरनेट नहुँदा एक सय ५९ वडामा अझै हुन सकेन अनलाइनबाट व्यक्तिगत घटना दर्ता
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्…
एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भार…
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने …
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…