कीवर्डहरू -

समाचार

नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन-क्यूआर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

नबिल बैंकले युएससीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो ।

यस सेवा अन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ । त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ ।

“यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने ।

उनले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।

सुरुवाती चरणमा व्यवसायीहरुले रु १ लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए ।

यस भन्दा अघि नबिल बैंकले पहिलो पटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।

समाचार

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइप…

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि …

पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ ज…

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस…

दुरसञ्चारको मर्मत सम्हारमा बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन

काठमाडौं । संघिय संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चारको मर्मत सम्हारमा आरटीडीए…

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा खुल्ला

भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछ…

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी …

वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने

माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभक…

चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी

चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी …

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमा…

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल

एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख …

बैंक अफ काठमाण्डूको कार्ड मोको वालेटमा लोड गरी अब भुक्तानी गर्न सकिने

बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्…

इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड 

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिको…

के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो । यसलाई हेर्दा लाग्छ यो …