कीवर्डहरू -

समाचार

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे दरवारमार्ग सडक महोत्सव वैशाख २ गते हुने

नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ ।

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ । साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार विहान ११ः३० बजे हुनेछ ।

गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिनेछ ।

यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ-आफना प्रस्तुति राख्नेछन् ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् ।

विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् ।

यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्पm नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह-प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

समाचार

इन्टरनेटसँग टेलिभिजन बन्डलिङ गर्न नपाइने 

अब टेलिभिजनलाई इन्टरनेटसँग बन्डलिङ गर्न नपाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि म…

लागु भयो आलाकार्ट प्रणाली, टेलिभिजन सेवा प्रदायकले मासिक ५०० रूपैयाँ बढी शुल्क लिन नपाउने 

सरकारले टेलिभिजन च्यानलहरुको सिग्नल वितरण गर्ने इजाजतपत्र प्राप्त संस्थाहरुले उपभोक्त…

एनसेल आजियाटाको सीइओमा जब्बोर कायुमोभ नियुक्त, चोङ पुनः मुख्यालय फर्किने

एनसेलको मातृ कम्पनी आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएक…

सिद्धार्थ बैङ्कको टिकटक भिडियो प्रतियोगितामा साहलाई ३० हजार नगद पुरस्कार

सिद्धार्थ बैङ्क लिमिटेडले ग्लोबल मनी विकको विषय वस्तुलाई सार्थक बनाउने उद्देश्यका साथ…

सरकारले दिने अनलाइन सेवा एकीकृत रूपमा प्रदान गरिेने, ई-गभर्नेन्स ऐन यथासिघ्र ल्याइने

सरकारले विभिन्न सरकारी निकायबाट प्रवाह गरिने अनलाइन सेवाहरू एकद्वार समाधान प्रणाल…

पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने, प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने

सरकारले पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बिहीबार सत्ता गठबन्ध…

सहुलियतपूर्ण व्याजदरमा बिउपुँजी उपलब्ध गराउन स्टार्टअप कोष स्थापना गरिने

सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको…

ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्न गूगलको प्रतिबन्ध

गूगलले ऋण प्रदान गर्ने एपहरुलाई प्रयोगकर्ताको फोटा तथा सम्पर्क एक्सेस गर्नमा प्रतिबन्ध …

खल्तीबाट वर्ल्डलिंकको बिल तिर्दा भ्याट फिर्ता र आईफोन १४ जित्ने मौका

खल्तीले वर्ल्डलिंकसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको छ । खल्…

एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि टेलिकमको निःशुल्क सिम

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । …

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ …

आइएमई पेबाट यी एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ल्याएको रिफन्डेबल एय…

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध, कागजपत्र वितरण प्रभावित

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सामसङ नेपालद्वारा नयाँ वर्षमा टिभीदेखि होम अपलायन्सहरूमा अफर सार्वजनिक

सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा टिभीदेखि होम अपलायन्सहरूमा अफर घोषण…

अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने

गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा…