समाचार
फाइनान्सियल नोटिसेस एप नयाँ स्वरूपमा, अब दैनिक कारोबारलाई पनि सरल बनाउने
बैंक तथा वित्तीय क्षेत्रका गतिविधिलाई डिजिटल माध्यममा प्रस्तुत गर्दै आएको फाइनान्सियल नोटिसेस डटकमको मोबाइल एप नयाँ फिचरहरूसहित अध्यावधिक गरिएको छ ।
बैंक तथा वित्तीय क्षेत्रका गतिविधिको जानकारीलाई डिजिटल माध्यममा प्रस्तुत गर्ने एपले आफ्ना सुविधाहरू विस्तार गर्दै बहुउपयोगी एपको रुपमा विकास गर्दै आएको छ ।
दैनिक कारोबारलाई व्यवस्थित र सरल बनाउन सहयोग गर्ने लेजर बुक अर्थात् डिजिटल क्यास बुकमा ग्राहक र आपूर्तिकर्ताहरुका लागि छुट्टाछुट्टै कारोबार प्रविष्टि गर्ने सुविधाहरु थपिएका छन् ।
एपमा दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “एक्सपेन्स ट्य्राकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन तथा कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्य्राकर” लाई थप व्यवस्थितका साथ अध्यावधिक गरिएको छ ।
बिना इन्टरनेट अफ लाइन भएको समयमा पनि कारोबारहरु प्रविष्ट गर्न सकिने यस एपमा उपलब्ध ब्यक्तिगत तथा व्यवसायीक वित्त व्यवस्थापनका फिचरहरुले प्रयोगकर्ताहरूलाई खर्चहरू निगरानी गर्न, खर्च कटौतीका क्षेत्रहरू पहिचान गर्न र राम्रो क्रेडिट स्कोर कायम राख्न मद्दत गर्दछ ।
लेजर बुक एपहरूले साना तथा मझौला व्यवसायी र स्व-रोजगारी व्यक्तिहरूलाई आफ्नो वित्त व्यवस्थापन गर्न, वित्तीय विवरणहरू तयार गर्न र लगानीको बारेमा सूचित निणर्यहरू लिन सक्षम बनाउने कम्पनीले जनाएको छ ।
एपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुमा गुनासो गर्न सकिने सुविधा थप गरिएको छ । पछिल्लो समय सम्बन्धित बैंक तथा वित्तीय संस्थामा उक्त संस्थाको सेवा सुविधालगायत अन्य जनगुनासाहरु गर्न सकिन्छ ।
सम्बन्धित वित्तीय संस्थाबाट पनि गुनासोको सुनुवाई नभए सिधै नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाई पोर्टलमा गई गुनासो गर्न सकिने सुविधा पनि रहि आएको छ।
कतिपय अवस्थामा बैंक वित्तीय संस्थामा गुनासो गर्नुपर्दा ग्राहकहरुलाई सम्बन्धित गुनासो विभागका जानकारीहरु एकै एपमार्फत् सहजै भेट्न सकून् भन्दै एपमा सम्पूर्ण बैंकको गुनासो गर्न सकिने सुविधा थप गरिएको कम्पनीले जनाएको छ ।
यस एपमा वित्तीय क्षेत्रका सम्पूणर् सूचना, समाचार तथा महत्वपूर्ण आर्थिक जानकारी, स्टक मार्केट, आगामी कार्यक्रम, नयाँ योजना तथा नयाँ फिनटेक अफरहरु समावेश छन् ।
सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने यो एप नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिन्छ । यसले प्रयोगकर्ताको दैनिक व्यवहार सजिलो बनाउनुका साथै वित्तीय साक्षरता तथा ज्ञानको विकासमा महत्वपूणर् भूमिका खेल्दै आइरहेको छ ।
अध्यावधिसँगै थप विस्तारित भर्सन र बहुउपयोगी “फाइनान्सियल नोटिसेस” एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोर र आइओएस प्रयोगकर्ताका लागि एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
एपका नयाँ सुविधाहरूले प्रयोगकर्ताहरूलाई आफ्नो वित्तीय व्यवहारलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न र आफ्नो लगानीको बारेमा सूचित निणर्यहरू लिन सक्षम बनाउने कम्पनीको विश्वास छ ।
समाचार
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बो…
डिजिटल रूपान्तरणको बाटोमा भ्रष्ट कर्मचारीतन्त्र बन्नेछ बाधक
काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ …
भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन
नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेव…
महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नुहोलाः मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका कुनै पनि कर्मचारील…
बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी
चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा र…
भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क
अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट न…
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ
मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । …
प्राधिकरणले भन्योः इन्टरनेटको शुल्क बढाउन सेवा प्रदायकलाई निर्देशन दिएका छैनौं
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क/महशुलदर बढाउन सेवा प्रदायकहरुलाई कुनै…
नमस्ते पेको क्युआर कोडबाट नेपाल टेलिकमको विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिने
नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्…
रास्वपा सांसद झाको प्रश्न : भ्रष्टाचारको आरोपीले मोबाइल फरम्याट गर्ने मौका किन पाइराखेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न र…
अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका
अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ ।
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने
कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले …
किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?
आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिक…
आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने
एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ । …
आजदेखि सुरू भयो एमडीएमएस, तर ८० लाख मोबाइल अझै ग्रे मार्केटमा
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सु…