समाचार
एनसेलले पनि सुरू गर्यो भीओएलटीई सेवा, यसरी गर्नुहोस् प्रयोग
एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ ।
ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन् ।
भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो ।
हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र ह्वावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि यसको फाइदा लिन सक्छन् ।
एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले*१७२०१# डायल गरी एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्न योग्य हुन्छन् ।
प्राप्त बोनस भोल्टे टक टाइम २८ दिनको लागि मान्य रहन्छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।
व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई आफ्ना ग्राहकलाई नयाँ प्रविधिमार्फत यसका लाभ प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ ।
एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।
समाचार
पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक
सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक ग…
आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल
एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो य…
सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न
सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड स…
कामना सेवा विकास बैंकको डिजिटल वीक योजना, क्युआरबाट भुक्तानी गर्दा बोनस पाइने
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्…
कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक
नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल …
सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो
सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जा…
सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित
सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…
डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल
मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले डेटा साइन्स र …
थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स
नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…
कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड
भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…
किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने
‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…
फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित
नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…
आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन
आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाए…
अब अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी
ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जार…