समाचार
पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक
काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दशैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।
पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् ।
मोक्तान र बिसि दुबैजना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले लक्की ड्र मार्फत दुई जना छनोट गरिएको हो ।
पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
उपहार हस्तान्तरण कार्यक्रममा बोल्दै पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए ।
भदौ २३ गतेदेखि असोज १२ सम्मका महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन् ।
पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सुर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन् ।
त्यस्तै तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दशै महोत्सवअन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरि कुल ११ जना विजेता बनेका छन् ।
समाचार
लाराभेल प्रोग्रामिङ सिकाउँदै योङ माइन्ड्स, उद्योग र एकेडेमियाबीचको दूरी कम गर्ने लक्ष्य
याेङ माइण्ड्सले लाराभेल प्रोग्रामिङमा लागेका आईसिटी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित …
हिमालयन बैंक र ट्राभल राइट बीच सम्झौता, बैंकको कार्डबाहकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुविधा
हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । …
क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट
वडा दशैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत…
आइएमई दसैँ अफर ; चौथो हप्ताको नतिजा घोषणा
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…
इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने
इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार …
कामना सेवा बैंकको कार्डमा ई–कमर्श सुविधा
कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्डमा इकमर्श सुविधा समावेश गरेक…
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यक…
असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र द…
बडा दसैँमा एससीटीको बडा छुट अफर, भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत थप छुट
नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई …
एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका
एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठला…
अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने
नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्…
‘रकेट साइन्स क्याम्प २०२२’ सम्पन्न, विद्यार्थीले बनाए रकेट
नेपालको आफ्नो रकेटबाट अन्तरिक्षमा अन्तरिक्षयान पठाउने लक्ष्यसहित स्थापना भएको अन्तरिक्ष…
आइसिटी अवार्ड २०२२ को नलेज पार्टनरमा प्रेसिडेन्सियल विजनेश स्कुल
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं …
आईटी कम्पनी अल्ट्राबाइट ९ औं वर्षमा प्रवेश, नयाँ प्रविधिको विकास गर्ने योजना
सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रालि ९ औं वर्षमा प्रवेश गरेको छ । कम्प…