समाचार
अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने
चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने घोषणा गरेको छ । सबै प्रतिस्पर्धीभन्दा अगाडि बढ्न च्याटबोट टोंगी कियानवेन प्रयोग गर्न लागेको हो ।
मंगलबार अलिबाबाले एक विज्ञप्तिमार्फत कियानवेयनको माध्यमबाट उत्पादन गर्ने जनाएको छ। सुरूवातमा उक्त च्याटजीपीसँग चिनियाँ र अंग्रेजी भाषा हुनेछ, जसलाई डिंकटक सफ्टवेयर कम्युनिकेशनले बनाउनेछ भने टीमल जिनीले स्मार्टहोम अप्लाइन्सेजमा काम गर्ने गरी तयार गर्नेछ । यो घोषणा सँगै हङकङमा अलिबाबाको सेयर ३ प्रतिशतले बढेको छ भने बैदुको सेयर ६ प्रतिशतले घटेको छ ।
२०२३ को अलिबाबा क्लाउड समिटममा उसको भनेको थियो, ‘ निकट भविष्यमै उद्यम सञ्चारदेखि इकमर्ससम्म अलिबाबाको सबै उत्पादनमा च्याटजीपीटीले नै चलाउनेछ। तर कति समय लाग्छ भन्ने कुरा अलिबाबाले कतै उल्लेख गरेको छैन ।
अलिबाबा ग्रुपका अध्यक्ष तथा सीईओ तथा अलिबाबा क्लाउडका सीईओ डेनियल झाङले भने, ‘हामी अहिले परिवर्तनको दौडमा छौं जुन जेनरेटिभ एआई तथा क्लाउड कम्प्युटिङद्वारा सञ्चालित छ। र यसलाई सबै क्षेत्रका व्यवसायीहरुले आफ्नो उत्पादनमा लागू गर्न अग्रसर भइसकेका छन् । उनीहरु धमाधम च्याटजीपीटी लागू गरिरहेका छन्। किनकी उनीहरुलाई पनि अरुभन्दा एक कदम अगाडी बढ्नु छ।’ यसबारेमा अलिबाबाले गत फेब्रुअरी महिनादेखि नै च्याटबोटमा काम गर्नेगरी तयारी थालिसकेको जनाएको छ ।
‘नयाँ मोडेलको यो च्याटबोट एआईले अलिबाबाको सबै प्रकारको व्यापारमा सघाउनेछ र विस्तारै प्रयोगकर्ताहरुको अनुभव पनि संगाल्दै आफूलाई भविष्यमा थप परिस्कृत गर्दै लैजानेछ। ’ कम्पनीले विज्ञप्तिमार्फत दाबी गरेको छ।
यसका लागि अलिबाबाले आफ्ना ग्राहकलाई टोंगी कियानवेयनलाई क्लाउडमा सहयोग गर्न र धेरै बोल्न भाषाहरुको पनि वैकल्पिक मार्ग दिनेछ । यतिमात्रै होइन अलिबाबाको उक्त एआईले धेरै भाषाहरु सहजै च्याटबोटले बोलेर सामानको बारेमा जानकारी दिन सक्नेछ।
उक्त च्याटबोटमा आवाज गुणस्तरीय हुनेछ भने सूचना र डेटा ग्राहकबाट लिनेछ । चिनमा रहेका अलिबाबाका ग्राहकहरुले भने यो सुविधान चाँडै पाउने दाबी गरिएको छ ।
हाल चिनियाँ डेभलपर्सहरु यो च्याबोटलाई ठूलो मात्रामा परीक्षण गरिरहेका छन् । पछि यही च्याटबटमार्फत ग्राहकहरुले आफ्ना गुनासा गर्न सक्नेछन्।
समाचार
फोनपेको ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोन…
साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक
खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार …
नासाले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा फेला पार्यो क्र्याब नेबुला
नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट …
इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय
इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख का…
ई-कमर्स कम्पनी ग्यापु चौंथो वर्षमा प्रवेश, सामान खरिदमा ८० प्रतिशतसम्म छुट
नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को …
नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १०० सम्मक…
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको ए…
फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर ६० लाख ठग्ने युवक पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएक…
प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै
प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसि…
एनएमबि बैंकको खाता खल्तीमा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका
खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई वि…
सामसङका ३ जना कर्मचारीले च्याटजीपीटीलाई दिए प्रयोगकर्ताको संवेदनशील डेटा
तीन जना सामसङका कर्मचारीले च्याटजीपीटीलाई प्रयोगकर्ताको संवेदनशील डेटा दिएका छन् ।…
नासाले पठायो वायु प्रदूषणको गुणस्तर नाप्ने डिभाइस \'टेम्पो\'
अमेरिकी अन्तरिक्ष स्पेस एजेन्सी नासाले एलन मस्कको कम्पनी स्पेस एक्ससँग मिलेर अन्तरिक्षम…
मेमोरी चिप उत्पादनमा भारी कटौती गर्दै सामसुङ
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो त्रैमासिक मुनाफामा ९६ प्रतिशत कमी आउने देखिएपछि मेमोर…
सिजी ल्यान्डमार्कमा सपिङ धमाका, सामान खरिदमा ८० प्रतिशतसम्म छुट
चितवनको भरतपुरमा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर …
संसदमा दर्ता भएका विधेयकमाथि नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने
संसदमा दर्ता भएका विधेयकमाथि सर्वसाधारण नागरिकले अनलाइनबाटै सुझाव दिन सक्ने भएका…