कीवर्डहरू -

समाचार

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश, दैनिक १३ लाखले गर्छन् प्रयोग

नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।

सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन ।

त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति  गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए । कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन ।

एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो । आईओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ ।

पात्रो हेर्ने, मिति परिवर्तन (बि.सं.बाट इ.सं.मा र इस्वी संवतबाट बि.संमा ) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्लेस्टोरमा राखिएको थियो ।

गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो ।

अहिले हाम्रो पात्रो एप नेपाली माझ चर्चित छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् ।

हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल, म्यासेन्जर, हेल्थ, गेम्स, रेसिपी, क्विज, रिमाइन्डर, मार्केट, ‌ई-लर्निङ लगायत एक दर्जन फिचर समावेश छन् ।

विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता  दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।

दैनिक १३ लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । हाम्रो पात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।

नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरुलाई र्‍याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ ।

यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्दै लगेको हो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ ।

फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा मेहनत गरिरहेका छन् ।

अहिले हाम्रो पात्रोको साइज डिभाइस अनुसार एपको साइज पनि सानो नै छ । हाल हाम्रो पात्रोमा ३५ जनाको टिम कार्यरत रहेको छ ।


समाचार

टेलिकमको अटम अफर, यस्ता छन् सुविधा 

नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर से…

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास ग…

ग्यापुको ‘दिपावली बहार’ अफर, सामग्री खरिदमा २० प्रतिशतसम्म छुट

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै…

केमेष्ट्री शिक्षकका लागि भोलिदेखि २ दिने वर्कशप हुँदै, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

प्रेसिडेन्सियल बिजनेस स्कूल एक्सीलेन्स एजुकेशन र इमर्जिंग आईटी कलेज अर्वाडबाट सम्मानित

प्रेसिडेन्सियल बिजनेस स्कूलले ‘एक्सीलेंस एजुकेशन अवार्ड’ र ‘इमर्जिंग आईटी कलेज अफ द…

सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोबेल प्राइज भनेर…

आईओएस १६.०.३ अपडेट सार्वजनिक, आईफोन १४ मा देखिएका बग समाधान

आईफोनमा आईओएस १६.०.३ सार्वजनिक भएको छ । यसमा कम्पनीले विभिन्न बगहरु पनि समाधान ग…

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान …

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याबको उद्घाटन

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याब उद्घाटन गरिएको …

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनि…

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा इन्टर्नसाथी

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र इन्टर्नसाथीबीच सम्झौता भएको छ । योङ माइन्ड्सको साम…

राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक, बाईकसँगै मिनी ट्रक र पानी ट्याङ्कर पनि मगाउन सकिने

नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ । आईतबार काठमाडौंको होटल र्…

चार्जर बिना आईफोन बिक्री गरेको भन्दै एप्पललाई १९ मिलियन डलर जरिवाना

एप्पलले चार्जर बिना आईफोन बिक्री गरेको भन्दै ब्राजिलमा पनि १९ मिलियन डलर जरिवाना त…

वर्डक्याम्प नेपाल आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले प्रस्तुती दिने 

चितवनको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ आयोजना हुने भएको छ । सन् २०१२ देखि नेपालम…

निर्वाचन आयोगले सञ्चालनमा ल्यायो टोल फ्री नम्बर, निर्वाचन सम्बन्धि जिज्ञासा सोध्न सकिने 

निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । …