समाचार
किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने
‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।
‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरिकाले विविधता दिँदैछौं ।’
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।
लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहने क्रिएटिभ फेस्टिभल डिरेक्टर कला अनुरागीले जानकारी दिए ।
भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले जानकारी दिए ।
पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ । उनका अनुसार प्रदर्शनीमा उपलब्ध हुने पुस्तकमा विशेष छुटका साथै अनलाइन पेमेन्ट गेटवे प्रभु पेमार्फत भुक्तानी गर्दा अतिरिक्त पाँच प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।
गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो । त्यसअघि सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन् ।
जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ ।
गत वर्ष आख्यानकार जीवा लामिछाने लिखित ‘देश देशावर’ले प्राप्त अवार्ड प्रदान गरिएको थियो । त्यसअघि अमर न्यौपानेलिखित उपन्यास ‘गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए ।
किताब यात्राले आफ्नो स्थापनाको ५ वर्षको उपलक्ष्यमा आफ्नो प्लेटफर्मबाट गत ५ वर्षमा सबै भन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्दैछ ।
किताब यात्राका सिइओ भट्टराईका अनुसार हरेक पाँच वर्षमा यो अवार्ड प्रदान गरिनेछ । सम्मान र अवार्ड किताब जात्राको उद्घाटन समारोहमा घोषणा हुनेछ ।
समाचार
एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान
एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । मा…
इसेवाको ‘मेरो यात्राको साथी’ अफर, टिकट काट्दा २०० प्रतिशतसम्म क्यासब्याक
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित…
शनिबार साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ हुँदै, यसरी हुनुहोस् सहभागी
शनिबार इथिकल ह्याकिङ तथा साइबर सक्युरिटी सम्बन्धि करियर काउन्सिलिङ सेसन हुने भएको …
आईओएस १२ को नयाँ अपडेट सार्वजनिक, पुरानो आईफोन र आईप्याडमा आएको सुरक्षा समस्या समाधान गर्ने
एप्पलले एक दुर्लभ आईओएस १२ अपडेट सार्वजनिक गरेको छ । यो आईओएस १२ अपडेट पुरानो आई…
आईएमईको चाडपर्व लक्षित अफर, विदेशबाट पैसा पठाउँदा दैनिक मोबाइल र भाग्यशालीलाई दश लाख
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक …
बाइकमा राखिएको ‘मोबाइल स्ट्याण्ड’ हटाउँदै प्रहरी, राइडरलाई गूगल म्याप प्रयोग गर्न कठिनाइ
बाइकमा मोबाइल स्ट्याण्ड राखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । बाइकमा मोबाइल …
सामसङले दशैँलाई लक्षित गर्दै कार जित्ने अफर गर्याे सार्वजनिक
सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो…
\'माईक्रोसफ्ट फर स्टार्टअप : सर्पोटिङ कम्पनीज फ्रम आईडिया टू आईपियो\' विषयमा वेबिनार हुँदै
टेक वेबिनार नेपालले माईक्रोसफ्ट फर स्टार्टअपः सर्पोटिंग कम्पनीज फ्रम आईडिया टू आईपिय…
डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक
नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार ए…
सानिमा बैंकको नयाँ अफर, मोबाइल बैंकिङबाट कारोबार गर्दा मोबाइल फोन जित्न सकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजन…
आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न
पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार …
बुधबारसम्म मात्रै आइसिटी अवार्डमा अनलाइन आवेदन दिन सकिने, यस्तो छ तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको स…
फोन पेबाट भुक्तानी गर्दा राणाले जिते १ तोला सुनको तिलहरी
सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश रा…