समाचार
मानिसको कपाल किन सेतो हुन्छ ?
अमेरिकी वैज्ञानिकले मानिसको उमेर बढेसँगै उसको कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लगाएको दाबी गरेका छन् ।
वैज्ञानिकहरुले दाबी गरेका छन् की जब कपाललाई कालो राख्ने कोषिका परिपक्व हुने क्षमतामा ह्रास आउन थाल्छ तब मानिसको कपाल सेतो वा फल्न थाल्छन् । यदि यो कोषिका परिपक्व भएमा तिनीहरू मेलानोसाइट्समा परिणत हुन्छन्, जसले कपालको प्राकृतिक रंगलाई कायम राख्छ।
न्यूयोर्क युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको एक समूहले यसबारेमा अध्ययन गरेका छन् जहाँ मुसाको रौमा परीक्षण गरिएको थियो। उनीहरुका अनुसार मानिसको जस्तो मुसामा पनि रौ बराबर हुने गर्दछ।
वैज्ञानिकहरुले फुलिसकेको कपाललाई पुनस् कालो बनाउने प्रक्रियामा लैजान सकिने दाबी गरेका छन् । ब्रिटिश एशोसिएशन अफ डर्मेटोलोजी ९बीएण्डडी०का अनुसार मेलानोसाइट्समाथि अध्ययन गर्दा क्यान्सर तथा अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा विकसित र त्यसको समाधान गर्न मद्दत मिल्नेछ ।
कपाल किन सेतो हुन्छ ?
हाम्रो उमेर बढ्ने क्रममा हाम्रो कपाल विस्तारै झर्दै जान्छ । यो हाम्रो जीपनको एउटा सामान्य प्रक्रिया हो जसमा पुरै जीवनको समयचक्र चल्छ।
छालामा रहेको हेयर फोलिकल्सबाट कपाल निस्कन्छ, जहाँ कपाललाई कालो राख्ने कोषिकाहरू हुन्छन्। यहीकोषिकाहरु नियमित रुपमा बन्ने र नष्ट हुने गर्छन् । यी कोषिकाहरुको निर्माण स्टेम सेलबाट हुन्छ ।
न्यूयोर्क युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार जब स्टेम सेलबाट निर्माण हुने कोषिकाहरु कुनै पनि कारणबाट बन्न छाड्छन् तब मानिसको कपाल सेतो हुन थाल्छन्। हामी त्यसलाई कपाल फुलेको भन्छौं ।
न्योयोर्क युनिभर्सिटीको ल्याङगवन हेल्थ टीमले यी कोषिकाको निर्माण प्रक्रियाको बारेमा विशेष अध्ययन स्क्यानिङ र ल्याब टेक्निकको मद्दतबाट गरेको थियो । जब कपालको उमेर बढ्दै जान्छ र झर्न थाल्छ। कपाल लगातरर बढ्छ।
तर पछि मेलानोसाइट्स कोषिका सुस्तरी कम हुँदै जान्छ ।
यतिमात्रै नभइ स्टेम कोषिका जसले कपाल कालो बनाउन मद्दत गर्छ त्यो पनि स्थिर अवस्थामा रहन्छ। त्यसले कपालको रङ कालो बनाउने प्रक्रिया रोकिन्छ र मानिसको कपाल कालोबाट विस्तारै सेतोमा परिणत हुन्छ ।
के सेतो कपाल फेरि कालो हुन सक्छ ?
न्यूयोर्क युनिभर्सिटीका ल्याङगवन हेल्थ टीम ९पीएचडी स्कलर० अध्ययन टोलीका प्रमुख शोधकर्ता डा।सी सुनले नेचर जर्नलमा भनेका छन्, ‘मेलानोसाइट्स सेटेम सेल कपाललाई कालो राख्न जुनसुकै अवस्थामा पनि लागिपर्छ। हाम्रो अध्ययनले यही प्रमाणित गरेको छ। त्यसकारण हामीले यो कोषिका बन्द हुन दिएनौ भने हामीले सेतो कपाललाई फेरि कालो बनाउन सक्छौं।’
वैज्ञानिकहरुले कपाललाई कालो बनाउने यसलाई पहिलो पटक भने उपाय सुझाएका होइनन्। यसअघि उनीहरुले कपाल कालो हुनमा कुपोषणलाई पनि आधार मानेका थिए ।
त्यही अर्का शोधकर्ताका अनुसार मानिसको तनावको कारण पनि कपाल कालोबाट सेतो हुन थाल्छ। उनीहरुले मानिस तनाव मुक्त भएमा पनि कपाल सेतो हुनबाट केही समय रोक्न सकिने बताएका छन् । तर केही शोधकर्ताले भने कपाल फुल्नुमा आनुवांशिक गुण पनि हुन सक्ने औल्याएका छन् । त्यही केही मानिसले कपाल रङ्गाउन थाल्छन् त कोहीले खैरो बनाउनतर्फ लाग्छन् ।
ग्ल्यामर म्यागजिनका अनुसार सिल्भर हेयर स्टाइल अर्थात चाँदी करलमा कपाल रङ्गाउनु अहलेको युवायुवतीमा फेशन नै चलेको छ । उनीहरुमध्ये अधिकांश युवतीहरु आफ्नो कालो कपाललाई गोल्टेन, सिल्भर त ब्राउन करलमा परिणत गरे। इन्स्टाग्राममा राख्ने गरेका छन् ।
यता, हेयर स्टाइलिस ल्यूक हर्शनले पछिल्लो आप्नो अन्तर्वातामा भनेका छन्, ‘एक समय यस्तो थियो मानिस सेतो राख्न चाहदैन थे। तर, अब हामी सेतो कपाललाई बुढो भएको संकेत भनेर जोडदैनौ। किनकी अब धेरै मानिस कपाललाई रङ्गाइरहेका छन् । फेशननेशल बनाइरहेका छन् कपाललाई । अब सेतफ कपाल फेशनको दुनियाँमा आइसक्यो।’ बीबीसीबाट
समाचार
यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’
नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको …
आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक
डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित …
आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?
आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मि…
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएक…
पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’
माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले पैसा नतिर्ने प्रयोगकर्ताहरुको ट्वीटरको ब्ल…
एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट
अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।
नेपालको विद्युतीय कर प्रणाली गुगल दर्ता, आम्दानीको २ प्रतिशत कर तिर्ने
विश्वकै सर्वाधिक इन्टरनेट सर्च इन्जिनका बादशाह गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएक…
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई-सिम उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०…
इन्टरनेट नहुँदा एक सय ५९ वडामा अझै हुन सकेन अनलाइनबाट व्यक्तिगत घटना दर्ता
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्…
एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भार…
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने …
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…
नेपालमा बनेका सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएः सांसद शाह
प्रतिनिधि सभा सदस्य असिम शाहले नेपालमा उत्पादन भएको सवारीसाधनलाई नम्बर प्लेट दिने …