समाचार
ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने
ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आइएलटिएस परिक्षाको शुल्क अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आइएलटिएस परिक्षा दिने परिक्षार्थीले आफ्नो इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतिय भुक्तानी प्रबिधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।
इसेवाले हाल ५७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सुरक्षित,भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफुलाई विश्वनिय विद्युतिय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
उक्त भुक्तानीमा आकर्षक क्यासब्याक समेत प्रदान गर्दै आएको छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
समाचार
प्रभावकारी बन्न सकेन विपन्न वर्गका विद्यार्थीका लागि ल्याएको निःशूल्क डेटा कार्यक्रम
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको समयमा दूरशिक्षा सहजीक…
क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक
पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्…
एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव
नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…
सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव
सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले…
सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा
महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्…
नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव
महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम …
तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने
महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…
आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का
आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको…
उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (ना…
जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक
नासाले जेम्स वेब स्पेस टेलिस्कोपको अरु ईमेजहरु पनि सार्वजनिक गरेको छ । यी सबै रंग…
आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका
निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिला…
एनआईसी एशिया बैंकका ग्राहकले अब मेसिनबाट पैसा जम्मा गर्न सक्ने, यस्तो छ तरिका
एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेव…
एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने
एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ…
आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध
एप्पलको आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उ…
अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित
बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने ब…