कीवर्डहरू -

समाचार

एनआईसी एशियाका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रा. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरि रहेका ग्राहकहरूले एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने छन् ।

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा 3D CRT, IMRT,
VMAT, Palliative Care / TBI (Total Body Radiation) उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट पाउने छन् ।

साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

समाचार

अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुन्छ, त्यसलाई डिजिटलमा ल्याउन लडाई जारी छः सीईओ खड्का 

इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार न…

दुर्गम खानीगाउँमा टेलिकमको फोरजी सेवा

जिल्लाको दुर्गम गाउँ खानीमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी पुगेको छ । नेपाल टे…

पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न

मङ्गलबार नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ …

डिजिटल अर्थतन्त्रको कल्पना गर्दै सुरू भएको इसेवा १५ वर्षमा प्रवेश

नेपालको पहिलो डिजिटल वालेट इसेवा १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । …

१४ औं वार्षिकोत्सवमा इसेवाको अफरै अफर, यसरी लिनुहोस् फाइदा

१४ औं वार्षिकोत्सवको अवसरमा इसेवाले विभिन्न छुट दिने भएको छ । इसेवाले बुधबार आफ्न…

ओपन एआईसँग माइक्रोसफ्टको अर्बौं डलरको सम्झौता

माइक्रोसफ्टले ओपन एआईसँग मल्टिबिलियन (अर्बौं) डलरको सम्झौता गरेको छ । यसले ओपन एआई…

रिसर्च एण्ड डेभलपमेन्टमा कम बजेट छुट्याइन्छ, एउटा कोष बनाएर अगाडि बढ्नुपर्छः डा. फुँयाल 

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले रिसर्च एण्ड डेभलपमेन्टमा अत्यन्तै…

सरस्वती पुजाको अवसरमा ब्रोडवे इन्फोसिसको अफर, कोर्षमा ४ हजार छुट पाइने 

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले सरस्वती पुजाक…

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू

राष्ट्रिय नवप्रवर्तन सम्मेलन सुरू भएको छ । द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यम…

सीएसआईटी गोलफेस्ट सुरू, २५ बढी टिम सहभागी 

गैरनाफामुलक संस्था सीएसआईटी एशोसिएसन नेपालले ‘गोलफेस्ट २०२३’ सञ्चालन गरिरहेको छ …

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षे…

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार 

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज …

हल्ट प्राइज आईओईको पिचिङ कला बारे चौथो टक सिरिज सम्पन्न 

हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ…

रिटेल पेमेन्ट स्वीचबाट ६ महिनामा १८ सय अर्ब रुपैयाँ कारोबार

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को …

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल 

च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्…