कीवर्डहरू -

समाचार

डिजिटल संवाद फेलोशिप प्रदान गर्दै आइसिटी फाउन्डेसन नेपाल, यसरी दिनुहोस् आवेदन

आइसिटी फाउन्डेसन नेपालले डिजिटल संवाद फेलोशिप प्रदान गर्ने भएको छ । फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यसहित फेलोशिप प्रदान गर्ने भएको हो ।

फेलोशिपको अनलाइन आवेदन खुला भएको छ । फेलोशिपमा सूचना प्रविधिमा रूची भएका व्यक्ति, आईटी प्रोफेसनल, मिडिया पर्सन, स्थानीय तहका सूचना प्रविधि अधिकृतले आवेदन दिन सक्ने छन् ।

फेलोशिपमा सातै प्रदेशबाट १-१ जना युवालाई  छनौट गरिने छ । छनौट भएका फेलोहरूले आफ्नो प्रदेशको डिजिटल अवस्था बारे रिसर्च गर्नुपर्नेछ ।

यसका साथै प्रदेशमा आयोजना हुने डिजिटल संवादमा र काठमाडौंमा आयोजना हुने २ दिने डिजिटल नेपाल कन्क्लेभ २०२३ मा सहभागी भएर योगदान दिनुपर्ने फाउन्डेसनले जनाएको छ ।

डिजिटलमा चासो भएका युवाहरूलाई आफ्नो समुदायमा सकारात्मक परिवर्तनका लागि इम्पावर गर्ने उद्देश्यले डिजिटल संवाद फेलोशिप प्रदान गर्न लागेको आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

फेलोहरूले आइसिटी फाउन्डेसनले गर्ने विभिन्न कार्यक्रममा आफ्नो क्षेत्रबाट नेतृत्व लिने, प्रतिनिधित्व गर्ने र सहकार्य गरेर काम गर्नुपर्ने फाउन्डेसनको भनाइ छ ।

प्रविधिमा रूची राख्ने युवाहरूलाई विशेष प्राथमिकता दिइने छ ।  यदी तपाई पनि नेपालको डिजिटल रूपान्तरणमा योगदान दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी थप जानकारी लिन र अनलाइन आवेदन दिन सक्नुहुनेछ ।

फाउन्डेसनले सातै प्रदेशमा डिजिटल संवाद आयोजना गरेर प्रदेशको डिजिटल अवस्था बारे पुस्तक समेत प्रकाशन गर्ने योजना बनाएको छ । उक्त पुस्तक डिजिटल नेपाल कन्क्लेभ २०२३ मा सार्वजनिक गरिनेछ ।


समाचार

एनसेलले ल्यायो ‘मज्जाको प्लान’, ५९९ रूपैयाँमा २० जीबी डेटा र १५० मिनेट टक टाइम

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्द…

नेपाली आइटी स्टार्टअप रिङ्गेज \'टेकफर डेमोक्रेसी एसिया\' अन्तर्गत एसिया प्यासिफिकको फाइनलमा

आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले 'स्टार्टअप टेक फोर डेमोक्रेसी एसि…

युनिमनीबाट आईएमईमा पैसा पठाउँदा आइफोन १४ प्रोदेखि १०० ग्राम सुनको सिक्कासम्म जित्ने मौका    

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल  सोलुसन लिमिटेडद्वारा प्रव…

फिर्ता आयो ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट 

ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर अकाउन्ट @PM_Nepal_पुनः फ…

नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’

नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वा…

भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै

चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौ…

च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने

माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म…

एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट नवराज कुँवरले कार्यसमिती सदस्यमा उम्मेदवारी दिने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्…

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ । प्रधानमन्त्री कार्यालयको आधिकारिक…

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे वालेटमा पाउन सकिने

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत…

काठमाडौंमा एपानको सम्मेलन सुरू, अनुसन्धान र शैक्षिक संजाल विस्तारमा सहयोग पुग्ने विश्वास

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सह…

नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षति पुग्दा सेवा प्रवाहमा समस्या

नेपाल टेलिकमले विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउँदा सेवा प्रवाहमा समस्या आएक…

वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित

खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज …

पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने

पाँच दिनसम्म सञ्चालन हुने  एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन …

आइएमई पेमा रियाबाट रेमिट्यान्स पठाउँदा क्यासब्याक पाइने

आइएमई पेमा अब रिया मनी ट्रान्स्फर मार्फत डिजिटल रेमिट्यान्स पठाउँदा क्यासब्याकको अफर …