समाचार
टेलिकमले अब ई-सिम उपलब्ध गराउने, कस्तो हुन्छ ई-सिम ?
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई-सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।
अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई-सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिन्छ ।
हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई-सिम लिन सक्नेछन् ।
समाचार
केटीहरूलाई प्रविधिको आधारभूत ज्ञान सिकाउँदै कोड रस
कोड रसले 'शि क्यान डिजिटल' को प्रशिक्षणको सुरुवात गरेको छ । काठमाडौँको कम आय भएक…
बालेनको प्रतिवद्धताः डिजिटल सरकारदेखि अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगिता आयोजनासम्म
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पद…
विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने एप ‘म त छु तयार’ सार्वजनिक
सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ…
बर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई सम्मान गर्दै पठाओ
पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको…
पुराना सफ्टवेयरहरु एप स्टोरबाट हटाउँदै एप्पल
एप्पलले एप स्टोरबाट पुराना सफ्टवेयरहरुलाई हटाउने भएको छ । यसका लागि एप्पलले अहिले…
क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे …
खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार
खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेव…
डिशहोमको रिचार्ज गर्ने २ जनाले पाए १-१ लाख नगद
१ वर्षको रिचार्ज गर्दा डिशहोमका दुई ग्राहकले नगद १/१ लाख रुपैयाँ जितेका छन् । डिशह…
इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्र…
गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड
ल्यापससका सदस्यहरु गिरफ्तार हुनुअघि ल्यापससले टि मोबाइलको सोर्सकोड चोरी गरेको पाइए…
प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप
आईओएसमा प्राईभेसी फिचरहरु रहेता पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक ग…
चिडियाखानाका जनावरका लागि टेलिकमले एक वर्षसम्म आहार प्रायोजन गर्ने
नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छी…
क्यान इन्फोटेकको पाँचौं दिनः पूर्वराजदूतदेखि राष्ट्रियस्तरका कलाकारले गरे अवलोकन
आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पाँचौ दिन सु…
एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट
एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट व…