समाचार
एक वर्षमै टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो
नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ । यो सन् २०२१ को औसत इन्टरनेट खपत हो ।
सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो । फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो । कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ ।
फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो ।
यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन । सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ ।
सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ । फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ ।
पछिल्लो समय इन्टरनेटको प्रयोग बढेपछि डेटाको खपत पनि बढिरहेको कम्पनीका प्रवक्ता राजेश जोशीले बताउनुभयो । ‘कोभिडपछि धेरै कामका लागि इन्टरनेट प्रयोग हुन थालेपछि यसको दैनिक खपत पनि बढिरहेको छ,’ उनले भने ।
डिजिटल कन्टेन्टको निर्माण पनि बढिरहेको तथा फोरजी विस्तार आयोजनामा पनि उल्लेख्य प्रगति हासिल हुँदा डेटाको खपत बढ्न सहयोग पुगेको उनको भनाइ छ ।
टेलिकमले करिब २० अर्ब रुपियाँमा तीन वर्षअघि देशैभर फोरजी विस्तार आयोजना कार्यान्वयनमा ल्याएको थियो । यस अवधिमा कम्पनीले ६४० वटा नयाँ टावरको व्यवस्था गरेको छ जसमध्ये ५०१ वटा टावर जडान सम्पन्न भइसकेको छ भने ४५१ टावरमार्फत सेवा सञ्चालनमा आइसकेको छ ।
टेलिकमले फोरजी आयोजनाको ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । यसबाट ७७ जिल्लाका ७१० स्थानीय तहमा सेवा सुरु भइसकेको कम्पनीको तथ्याङ्क छ ।
आयोजना सम्पन्न हुँदा चार हजार ५१७ स्थानबाट मोबाइल सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । टेलिकमले अहिले फोरजीमार्फत भिडियो कलको समेत सुविधा लिन सकिने भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा पनि सुरु गरिसकेको छ ।
पछिल्लो तथ्याङ्कअनुसार टेलिकमका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७४ लाख नाघेको छ । त्यस्तै थ्रीजी प्रयोगकर्ता करिब एक करोड र टुजी प्रयोग गर्नेको सङ्ख्या ३८ लाख हाराहारी छन् ।
भ्वाइसमा पनि उल्लेख्य सुधार
डेटा मात्र होइन, टेलिकमको भ्वाइस ट्राफिकमा पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीको तथ्याङ्कअनुसार सन् २०२१ मा भ्वाइस ट्राफिक ३२ लाख २० हजार अल्र्याङ पुगेको छ ।
अल्र्याङले एक घण्टामा नियमित भ्वाइस कल सक्रिय भएको अवस्था बुझाउँछ । अर्थात् एक अल्र्याङ बराबर नियमित एक घण्टा भ्वाइस कल सक्रिय भएको अवस्था हुन्छ ।
सन् २०२० टेलिकमको भ्वाइस ट्राफिक २७ लाख ८० हजार अल्र्याङ थियो । त्यसअघि सन् २०१९ मा २४ लाख १० हजार अल्र्याङ, सन् २०१८ मा १८ लाख अल्र्याङ, सन् २०१७ मा १६ लाख २० हजार अल्र्याङ र सन् २०१६ मा १२ लाख ३० हजार अल्र्याङ रहेको टेलिकमले जनाएको छ । गोरखापत्रबाट
समाचार
सीजी नेटले ल्यायो ‘स्प्रेड मोर गेट मोर’ अफर, रिफर गर्दा १ महिना निःशुल्क इन्टरनेट
सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले अब खल्तीमा पैसा लोड गर्न सक्ने
राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्प…
हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न
हल्ट प्राइज आईओईको दोस्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ । पुष…
एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट एनसेलबाट निःशुल्क चलाउन सकिने
एनसेलबाट अब एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट निःशुल्क चलाउन सकिने भएको …
माघ २ गतेदेखि अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने
अब अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृतिको काम हुने भएको छ । श्रम, रोजगार तथा सामाज…
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका …
ओपोले सार्वजनिक गर्यो ६ एनएमको अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्स
ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू-मा…
लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरु ह्याक गर्दै चिनियाँ ह्याकर
चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरे…
राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट
सामसङले इको रिमोट सार्वजनिक गरेको छ । सामसङको पछिल्लो रिमोटले राउटरको रेडियो वे…
स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर
स्पाइडरम्यानः नो वे होमको टोरेन्ट लिकंमा मालवेयर फेला परेको छ । ह्याकरहरुले धेरैज…
वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा
वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्…
अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा
बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्…
डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर
डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिल…
एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका ला…
एलजीले देश व्यापी रुपमा ‘रोड शो’ गर्दै
एलजीले नेपालले देशैभर रोड शो कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले…