समाचार
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो ।
यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।
साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् ।
त्यसैगरी यो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको बिक्री पनि सञ्चालन हुने बताइएको छ ।
साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडेर डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीको छ ।
साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिज बजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत दिने छ ।
समाचार
सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा
काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बह…
स्प्यारो एसएमएसले सार्वजनिक गर्याे भोइस ब्रोडकास्टिङ सेवा
बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्…
इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा
नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १…
अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने
माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…
तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना
काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…
कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित
ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…
मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट
मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…
चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्…
महिलाका लागि सुरक्षित इन्टरनेट पहुँच, कस्तो छ अवस्था ?
काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्…
आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपको विषयमा कुराकानी हुने
वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । …
गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै
आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको …
सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरू भएको छ …
कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्यो क्यूभर्स
कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको …
ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई…