समाचार
दराजको नयाँ लोगोले के बुझाउँछ ?
दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले सोमबार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।
‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गर्दैछौं भनेर देखाउनको लागि ब्रान्डको विकास गर्ने यो सही समय हो,’ उनले भने ।
ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए - प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्ने उनले बताए ।
‘एकै समयमा, यसले व्यक्तिगत अनुभवमा परिवर्तनको सङ्केत गर्छ जसले हामीलाई हाम्रो प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँग अझ बढी कनेक्टिभिटी सिर्जना गर्न अनुमति दिनेछ’ मिक्केलसनले भने ।
दक्षिण एसियाका पाँचवटा बजारहरू पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा दराजले आफ्नो सेवा प्रदान गरिरहेको छ ।
‘यो महत्वाकांक्षा हासिल गर्न हामीले थप व्यक्तिगत अनुभवहरू सिर्जना गर्न, ग्राहक यात्राको प्रत्येक चरणमा गुणस्तरीय उत्पादन र सेवाहरू डेलिभर गर्ने सुनिश्चित गर्न र हाम्रा ग्राहकहरूको लागि मनोरञ्जन र संलग्नताका नयाँ अवसरहरू सिर्जना गर्न आवश्यक छ भनी बुझ्दछौं। यो रिब्रान्डले हामीलाई यी महत्त्वपूर्ण क्षेत्रहरूमा हाम्रो प्रस्तावलाई माथि उठाउन र विकास गर्न मद्दत गर्नमा महत्त्वपूणर् भूमिका खेल्नेछ’, मिक्केलसनले थपे ।
रिब्रान्डको विभिन्न पक्षहरू मध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो । यो नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ, जुन ई-कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरूलाई ग्राहकहरूसँग भौतिक रूपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक छ । लोगोको केन्द्रमा एउटा तीर छ जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ, तर प्रयोगकर्ताहरूका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिन्छ ।
रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्ने छन् ।
‘रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनको साथ यो दराज नेपालमा नयाँ वर्षको नयाँ सुरुवात हो । बृद्धिको अर्को चरणमा, हामी हाम्रा ग्राहकहरू र साझेदारहरूलाई नवीनता, ग्राहक अनुभव, र निजीकरणमा बलियो फोकसका साथ हाम्रो वाचा प्रदान गर्न हाम्रा मूल्यहरू निर्माण गर्न जारी राख्नेछौं। हाम्रो उद्देश्य अपलिफ्टिंग कम्युनिटिस थ्रु द पावर ओफ कमर्सलाई अँगालेर अघि बढ्नेछौं,’ आँचलले भनिन् ।
ब्रान्ड रिफ्रेसको एक भागको रूपमा, कम्पनीले आफ्ना सबै ब्रान्डहरूलाई समग्र दराज ब्रान्ड अन्तर्गत ग्राहकहरूको अनुभवलाई सरल बनाउनको लागि एकीकरण गर्दैछ ।
दराजले एउटा नयाँ वेबसाइट दराज डटकम पनि सुरु गरेको छ, जसले नयाँ ब्रान्ड प्रदर्शन गर्छ र मानिसहरूलाई दराज को हो र यसको अर्थ के हो भनेर राम्रोसँग बुझाउँछ ।
समाचार
बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता
बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग स…
स्ट्याण्डर्ड स्याम्पल एप्लिकेशन र ओपन सोर्स बारे सिकाउँदै टेक वेबिनार
टेक वेबिनार नेपालको ३९ औं श्रृंखलामा एनईटी विकासकर्ता बन्न के गर्नुपर्छ भनेर सिकाइ…
डिशहोमले ल्यायो शर्ट्स टिभी, अस्कर अवार्डमा मनोनीत भएकासँगै अन्य शर्ट मुभी हेर्न सकिने
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ ।…
दराजको नयाँ लोगो सार्वजनिक, युआईमा पनि परिवर्तन
दराजले आफ्नो लोगो परिवर्तन गरेको छ । नेपाल लगायत पाकिस्तान, श्रीलंका, बंगलादेश, म्…
इसेवाबाटै अब काठमाडौँ मोडल अस्पतालमा अपोइन्टमेन्ट लिन सकिने
काठमाडौँ मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।…
यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु
जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन…
टेलिकमको विन्टर अफर, अनलिमिटेड भ्वाइस र डेटाको सुविधा
नेपाल टेलिकमले माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ…
आधाभन्दा बढी अमेरिकीले किन प्रयोग गर्न खोज्दै छन् स्टारलिंकको इन्टरनेट ? यस्तो छ कारण
आधाभन्दा बढी अमेरिकीले स्टारलिंकको इन्टरनेट प्रयोग गर्न खोजेको एक अध्ययनले देखाएको …
‘नास्ट गान’ तयारी गरी पेश गर्न नास्टको आह्वान, सर्वोत्कृष्ट गानलाई ५० हजार पुरस्कार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न …
ई-पासपोर्ट लिन लाइन लाग्नु नपर्ने, अब अनलाइनबाटै समय लिएर आउन सकिने
पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभा…
दुरसञ्चार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम स्थापना गर्ने, डीपीआर बनाउँदै
नेपाल दूरसञ्चार प्राधिकरणले आइसिटी तथा टेलिकम उद्योगका लागि कम्प्युटर इमर्जेन्सी रेस्…
आजदेखि अनलाइनबाट मात्र पुन: श्रम स्वीकृति लिन सकिने, यस्तो छ तरिका
सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभा…
खल्तीमा सिभिल बैंकको खातामा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका
खल्तीले सिभिल बैंकको खातामा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि १०० रुपैयाँ बोनस अफर…
भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग
मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग ग…
अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स
विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइ…