समाचार
ओपोले सार्वजनिक गर्यो साइबरियल कम्प्युटिङ प्रविधि
ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ ।
आफ्नै ईन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले अगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म समग्र प्रक्रियामा विश्वसनियताका साथै सहजतापनि प्रदान गर्छ ।
ओपोले आफ्ना फ्ल्यागशिप स्टोर्स मार्फत सम्मोहक एआरको अनुभूति प्रदान गर्न थालिसकेको जनाइएको छ ।डिजिटल विश्व निर्माण गर्ने परम्परागत तरिकाका लागि व्यवसायिक उपकरण तथा विशिष्ट ज्ञानको आवश्यकता पर्छ ।
तर ओपोको साइबरियल प्रविधिले यो प्रक्रियामा बृहत सहजता भित्र्याएको छ । पहिलो पटक ओपो स्टाफहरुले कुनै आधिकारिक प्रशिक्षण बिनै स्मार्टफोन मार्फत स्टोरका भित्री भागको प्रारम्भिक स्क्यानिङ तथा डाटा संकलन गरी डिजिटल प्रतिकृतिको निर्माण गर्न सक्षम भएका छन् ।
निरन्तर विकासित एआई ईञ्जिनद्वारा सञ्चालित यो एप्लिकेशनले बृहत्त फ्ल्यागशिप स्टोर्सका थ्रीडी नमुना मात्र केही घण्टामै तयार गर्ने क्षमता राख्छ ।
यो एआई प्ल्याटफर्मले एक घण्टामा स्क्यान गरिएका १२ हजार तस्विर प्रोशेसगर्ने क्षमता राख्ने कम्पनीले बताएको छ । यो पछिल्लो संस्करणसंग तुलनागर्दा ४ गुणा तिब्र गति हो ।
यसरी स्क्यान गरिएका इन्टेरियर्स मार्फत एप्लिकेशनले सहजरुपमा सटिक तथा तत्सम थ्रीडी रिकन्स्ट्रक्शन गर्ने क्षमता राख्छ ।
ओपोको एआर एडिटिङ टूल मार्फत स्टाफले आफ्नो आवश्यता अनुसार एआर विषय वस्तु एडिट गर्दै अझ रोमाञ्चक एआर वातावरणको निर्माण गर्न सक्छन् ।
ओपोको स्वामित्वमा रहेको आरएलओसीएस (रिट्रिभल एण्ड लोकलाइजेशन विथ अब्जर्भेशन कन्स्ट्रेन्ट्स) भिजुअल पोजिशनिङ अल्गोरिथमले भित्री स्थितीको सटिकतालाई सेन्टिमिटर्स लेभलमा झार्न सघाएको छ ।
यो अल्गोरिथमको विकास डिपार्टमेन्ट अफ इन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टर्याक्शनको एक समुहले गरेको हो । यसको शैक्षिक प्रयोग पनि व्यापकरुपमा गरिन थालिएको छ ।
सन् २०२० को यूरोपियन कन्फरेन्स अन कम्प्यूटर भिजन (ईसीसीभी) र कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निशन कन्फरेन्स (सीभीपीआर २०२०) मा उक्त समूहले लंग-टर्म लोकलाइजेशन श्रेणीमा दोस्रो स्थानको दूई एवार्ड हात पारेको थियो ।
प्रयोगकर्तालाई वास्तविक ईमर्सिभ एआर अनुभव प्रदान गर्न ओपोले डीओएफ एस्टिमेशनको प्रयोग गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई कुनैपनि एंगल वा पोजिशनको भ्यू(दृष्टि) प्राप्त हुन्छ ।
प्रयोगकर्ताले लक्षित वस्तुको चारैतिर गोलाकारमा घुम्न सक्छन्, बर्ड्स-आई भ्यूका लागि निहुरिन तथा तलबाट माथीको दृष्यका लागि थचक्क बस्न पनि सक्छन् ।
समग्रमा भन्नुपर्दा परिस्कृत ओपो साइबरियलले एआर सेवा र प्रयोगका अवस्थामा तैनातीमा तिब्रता ल्याउन सघाएको छ ।
यसले एआर सामग्री विकासमा सहजता प्रदान गर्नुका साथै प्रयोगकर्ता मैत्री वातावरण उपलब्ध गराउँदै एआर अनुभवलाई अझ रोमाञ्चक र दैनिकीको अंश बनाउन सघाएको छ ।
समाचार
चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने
विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ ।…
फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने
खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अ…
सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस
सामसङले आफ्नो स्मार्टथिङ्ग्स नामक स्मार्ट होम एपमा नयाँ इन्टरफेस ल्याएको छ । पहिला धमि…
बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बजारमा बिक्री भइरहेका अ…
अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने
अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सक…
खल्ती डिजिटल वालेटमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस
डिजिटल वालेट खल्तीमा बैंक खाता लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । …
भाइबरमा सुरु भयो नागरिक एप ‘हेल्प डेस्क’
सरकारले नागरिक एप सम्बन्धि कुनै पनि प्रश्न वा समस्या भएमा सहयोग गर्ने उद्देश्यले भाइबरमा नागरिक एप ‘हेल्प डेस्क…
फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरलाई थप पैसा दिने
फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरहरुलाई थप पैसा दिने भएको छ । यसको लागि इन्स्टाग्र…
सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने
लुम्बिनी प्रदेशले सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभा…
लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको छ । म…
लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने
लुम्बिनी प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ । मंगल…
प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाइने
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ …
मेगा बैंकले शुरू गर्यो ऋण अटोमेसन प्रणाली
मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमे…
नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्था एक भारतीय पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अव…
बुधबार ‘सेल्फी विथ डटर’ दिवस मनाइँदै, १ हजार बढीले पठाए सेल्फी
बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको 'सेल्फी विथ डर्टर्स' अभियान बुधबार एक ब…