कीवर्डहरू -

समाचार

को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ? 

के तपाईंले क्लबहाउस एप डाउनलोड गर्नुभएको छ ? छ भने पक्कै पनि क्लबहाउसको लोगोमा एक महिलाको ‘पोट्रेट’ देख्नुभएको होला ।

विश्व चर्चित एपले आफ्नो लोगोमा महिलाको तस्बिर किन राख्यो त ? उनी को हुन् ? धेरैको मनमा यो जिज्ञासा हुनसक्छ।

क्लबहाउसको लोगोमा रहेकी महिला हुन् ड्रयूइ कटाओका (Drue Kataoka) । उनी प्रख्यात एसियाली अमेरिकी कलाकार तथा अभियानकर्ता हुन् । उनी भिजुअल आर्टिष्ट, ‘टेक्नोलोजिष्ट’ र सामाजिक अभियान्ता हुन् ।

उनको मन्त्र छ, ‘प्रविधि एक कला हो र कला एक प्रविधि’ । उनी यस एपमा प्रयोग भएकी पहिलो दृश्य कलाकार र एसियाली अमेरिकी महिला हुन्  भने  यस स्थानका लागि छनौट भएकी आठौँ व्यक्ति पनि हुन् ।

कटाओका यस एपकी प्रारम्भिक प्रयोगकर्ता पनि हुन् । उनी यस एपसँग मार्च, २०२० देखिनै आवद्ध रहेकी छिन् । उनी एपकै लोगोमा अझै केही हप्तासम्म रहने छिन् ।

क्लब हाउसमा उनीले द किङ सेन्टरका सिईओ डा. बर्निस किङसँग सहकार्य गरेर ‘ह्यासट्याग स्टप एसियन हेट’ #StopAsianHate र ह्यासट्याग ट्वेन्टीफोर आवर्स अफ लभ #24HoursofLove भन्ने अभियानका लागि एक लाख डलरभन्दा बढि रकम जम्मा पार्न सफल भएकी थिइन् ।

‘ह्यासट्याग स्टप एसियन हेट’ले जातीय भेदभावको विरुद्धमा आवाज उठाउने गर्छ । उनीले एपको नेतृत्व टोलीलाई क्लबहाउसमा कुनै अभियान वा गैर नाफा संस्थाहरुलाई पैसा दिन मिल्ने फिचर ल्याउनका लागि पनि निरन्तर आग्रह गरिरहेकी छिन् ।

अमेरिकामा एसियाका मान्छेहरुलाई भेदभाव गरेको विरुद्ध अभियानहरु चलिरहँदा क्लबहाउसले सही समयमा नै एक एसियाली अमेरिकी दृश्य कलाकार तथा अभियानकर्तालाई लोगोमा ठाउँ दिने सही निणर्य गरेको अन्तर्राष्ट्रिय समाचाहरुले लेखेका छन् ।

कटाओकाले झण्डै आफ्नो ७ लाख फलोअरहरुलाई प्रयोग गरेर एसियाली अमेरिकी मान्छेको परिचय, घृणा अपराध र जातीय पूर्वाग्रहको विरुद्धमा आवाज उठाइरहेकी छिन् । उनीले एसियाली अमेरिकी संघका लागि ९० हजार डलर पनि संकलन गर्न सफल भएकी छिन् ।

उनीले क्लबहाउस प्रयोग गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छिन् । सामाजिक सञ्जाललाई कतिको प्रभावकारी र उपयोगी बनाउने हाम्रै हातमा रहेको उनको भनाई रहेको छ।

टोकियो, जापानमा जन्मेकी र अमेरिकाको पश्चिम कोस्टमा हुर्केकी ड्रयू कटाओकाका बुबा जापानी हुन् र उनकी आमा काकेशियन अमेरिकी हुन् । कटाओका सांस्कृतिक नेता र विश्व आर्थिक फोरमको (डब्लुईएफ) युवा ग्लोबल लिडरको रुपमा पनि परिचित छिन् ।

दावोसमा भएको विश्व आर्थिक फोरमको वार्षिक कार्यक्रममा एकल प्रदर्शनी देखाउने केही कलाकारमध्य उनी एक हुन् ।

उनले चार पटक औपचारिक अजेन्डामा डब्लुईएफलाई सम्बोधन गरिसकेकी छिन् र बेजिङ, टोक्यो, याङ्गोन, उलानबाटार, बुईनोस, एरिस, पुएरटो भाल्र्लाटा र जेनेमा भएका वैठकहरुमा सहभागी भइसकेकी छन् ।

उनले वर्ल्ड आर्टस फोरमका लागि पनि लोगो सिर्जना गरेकी छिन् । उनी मिल्केन इन्सिट्युट ग्लोबल एसिया समिट र आबुदाबीमा भएको कुड्वा समिटमा उनी प्रमुख वक्ता पनि थिइन् ।

विश्वकै शिर्ष कला स्टुडियोको नेतृत्व गरिरहेकाले कटाओकाले विश्वभरीका सानोदेखि ठूला कलाकारहरुलाई प्रोत्साहन गरिरहेकी छन् ।

अहिले उनको कला पाँच भिन्दाभिन्दै महादेश र ३० भन्दा बढि देशहरुमा प्रख्यात रहेको छ । उनीले आफ्नो कलामा विज्ञान तथा प्रविधिको विषयहरुलाई पनि समेट्ने गर्छिन् ।

उनको काम आगामी नन फन्जीबल कार्यक्रममा पनि समावेश गरिने भएको छ । उनीले कलाकृति र प्रविधिको राम्रो मिश्रण विश्वसामु समावेश गरिसकेकी छन् ।

उनले यसभन्दा पहिले अन्तरिक्षमा पनि आफ्नो कलाकृति पठाएर अन्र्तराष्ट्रिय स्पेस स्टेसनमा पहिलो शून्य गुरुत्वाकर्षण कला प्रदर्शन आयोजना गरेकी थिइन् ।

कटाओकाले एपको सामाजिक परिवर्तन ल्याउन सक्ने क्षमतालाई अझै उजागर गरिदिएकी छिन् । महिलाको अधिकार, शिशु मृत्युदर र अन्तर्राष्ट्रिय सक्रियता जस्ता डोमेनहरुमा पनि काम गरिरहेकी छिन ।

कलाकृतिका लागि बनाइएको क्लबहाउसको सबैभन्दा पुरानो द आर्ट क्लबको संस्थापन पनि कटाओकाले नै गरेकी हुन् । त्यो क्लबमा अहिले ९७ हजार फलोअरहरु रहेका छन् ।

समाचार

घरबाट काम गर्नलाई अझ सहज बनाउन माइक्रोसफ्टले ल्यायो ह्वाइटबोर्ड एप

माइक्रोसफ्टको पछिल्लो ह्वाइटबोर्ड एपले घरबाट काम गर्नलाई अझै सहज बनाएको छ । यो ह्वाई…

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड लगानी गर्ने

डोल्मा इम्प्याक्ट फन्डले उपाय सिटी कार्गोमा १८ करोड रूपैयाँ (१८० मिलियन) लगानी गर्ने…

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डि…

आधिकारिक रुपमा एकीकृत भए वानप्लस र ओप्पो

वानप्लस र ओप्पो कम्पनी अब आधिकारिक रुपमा एकीकृत भएका छन् । केही समय देखिनै यी दुइ…

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने

फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेक…

कोरोनाको गलत सूचना चिर्दै नेपाल कोभिड सर्पोट डटकम, सेवा लिएर ‘थम्सअप’ गर्नुहोस्

मुलुकमा कोरोना महामारी शुरू भएसँगै विभिन्न गलत सूचनाहरु फैलिए । अझ फेसबुक, युट्…

शुरू भयो नयाँ ई-कमर्स कम्पनी किन्नी हो डटकम, एक महिनासम्म निःशुल्क डेलिभरी

दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबा…

नेपाल विद्युत् प्राधिकरणले अबदेखि देशभर स्मार्ट मिटर उपलब्ध गराउने

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी स्मार्ट मिटर जडानका …

सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट

बागमती प्रदेशले योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमति…

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ…

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

बुधबार ट्विटर नेपाल ट्रेडिङमा 'नेप्से' पुगेको  छ ।  मंगलबार र बुधबार ह्यासट्याग नेप्सेमा हजारौं ट्विट भएका छन् ।

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?

आगामी जुन २४ मा विन्डोज ११ सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ । अहिले विन्डोज १…

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभा…

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझ…