कीवर्डहरू -

समाचार

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफर पनि सार्वजनिक गरेको छ ।

दराजले असोज १० गतेदेखि सुरु गरेको अभियानमा ग्राहकले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।

अभियानको मुख्य आकर्षणहरूमा निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २०% (अधिकतम २,५०००)सम्मको छुट, ५ हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको उत्पादन १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

अभियानको रस आवर, इमेज रिभिउ एन्ड वीन, नयाँ प्रयोगकर्ताको लागि भौचर, खेल क्षेत्रहरु, फलो एन्ड वीन, विक्रेता भौचर र फटाफट डिल रहेका छन् ।

कार्ड प्रि–पेमेन्ट छुटमा डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम २,५०० छुट) सम्म बचत गर्न सकिने दराजले जनाएको छ ।

विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सिटिजन्स बैंकका ग्राहकहरुले पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ० प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सक्नेछन् । साथै, आइएमई पे वा इसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।

दराज दसैँ धमाका​मा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा पुरस्कार जित्न सकिनेछ । जसमा २ रात ३ दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई, मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर प्यूरिफायर र श्री बालाजी हिराको झुम्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसै गरी दसैँ धमाकामा सामसुङदेखि​ एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छन् ।

समाचार

प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने

यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभा…

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्य…

स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…

उद्यमशीलता विकास गर्न गल्छी गाउँपालिकासँग नबिल बैंकको साझेदारी

नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको…

पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म

समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…

ह्वावे कनेक्ट २०२१ शुरू

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१  हिजो…

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्री…

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी…

गूगलको एन्ड्रोईड अटो सन् २०२२ मा होण्डा कारका लागि उपलब्ध हुने

सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलल…

जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने

गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …

अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बै‌क खातामा रकम पठाउन सकिने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…