समाचार
भन्सार जाँचपासका सबै प्रक्रिया अब स्वचालित प्रणालीबाट हुने
भन्सार जाँचपासका सबै प्रक्रियालाई स्वचालित प्रणालीमार्फत कार्यान्वयन गर्ने गरी छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरिएको छ ।
योजनाअन्तर्गत देशभरका २९ वटा भन्सार कार्यालयमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुने उल्लेख छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उक्त योजना सार्वजनिक गरे ।
छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँचवटा उपलब्धिहरू प्रक्षेपण गरिएको छ । जसमा व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिका रूपमा राखिएको छ ।
योजनामा व्यापार सहजीकरणअन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्ने गरी यसलाई समयसापेक्ष, लागत प्रभावकारी र अनुमानयोग्य बनाइने विषय उल्लेख छ ।
यथार्थपरक राजस्व संकलनअन्तर्गत भन्सार कानूनको परिमार्जन र परिपालना गर्दै यथार्थपरक राजस्व संकलनमा वृद्धि गरिएको हुनेछ ।
समाजको संरक्षण एवं सुरक्षाअन्तर्गत मुलुकमा अवैध व्यापार र हानिकारक मालवस्तुको आवागमनलाई निषेध गर्न मालवस्तुको परिवहन, ढुवानीका साधन र ढुवानीका उपकरणउपर निगरानी एवं नियन्त्रणका उपाय पनि अवलम्बन गरिने भएको छ ।
त्यस्तै संगठनात्मक विकास र क्षमता अभिवृद्धिअन्तर्गत भन्सार प्रशासनको प्रतिस्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य पनि यसमा राखिएको छ । योजनाले यी उपलब्धिमार्फत थप १५ वटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ ।
कार्यक्रममा अर्थमन्त्री शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयबाट सेवाग्राही सन्तुष्ट भएर अपेक्षित लक्ष्य हासिल भए मात्र यसको सफलता ठहरिने बताए । उनले पारदर्शी र सरल भन्सार प्रशासन सञ्चालनका लागि छैटौँ सुधार योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
नीतिगत र कानूनी सुधार योजना आए मात्र भन्सार सुधार योजनाले साकार रूप लिने भएकाले त्यसतर्फ आफूले ध्यान दिने उनको भनाइ छ ।
अर्थसचिव मधुकुमार मरासिनीले भन्सार सुधार योजनामा राखिएका विषयहरू भन्सारमा कार्यरत हरेक कर्मचारीका व्यक्तिगत कार्यसम्पादनका प्रतिबद्धता भएको बताए ।
उनले छैटौँ सुधार योजनाले भन्सार प्रशासन र भन्सार राजस्वका क्षेत्रहरू व्यवस्थित भई अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
नेपालमा वि.सं. २०६० देखि भन्सार सुधार कार्ययोजना लागू गर्दै आएको छ । पाँचौँ भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न भएको थियो । गाेरखापत्र
समाचार
नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका
सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रवि…
साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने
एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । …
एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात
एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न …
अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने …
कुमारी स्मार्ट लगइन च्यालेन्जः १० हजार रूपैयाँसम्म जित्ने मौका
कुमारी बैंक लिमिटेडले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान शुरु गरेको छ…
गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली ब…
एप्पलले एलटीई पेटेन्ट विवादमा ३५ अर्ब ६४ करोड जरिवाना तिर्नुपर्ने
एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैया…
६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव
क्रिप्टोकरेन्सी प्लेटफर्म पोली नेटवर्कले ६० करोड अमेरिकी डलर बढी मूल्यको क्रिप्टोकरेन्स…
नासाको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्रणाली जाँदै
नासाले पठाएको पछिल्लो अन्तरिक्ष स्टेसन कार्गाेमा लुनार माटोका लागि थ्रिडी प्रिन्टिङ प्…
ला लिगा फुटबल लिग प्रसारण गर्दै डिशहोम
ला लिगा फुटबल लिग सिजन २०२१–२२ नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक डिशहोमले …
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार, एक वर्षमै ३ लाखले वृद्धि
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्ता १४ लाख २६ हजार पुर्याउन सफल …
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ र डलर कार्ड निःशुल्क
अनलाइनबाटै सानिमा बैंकमा खाता खोल्दा विभिन्न नि:शुल्क सुविधाहरु पाइने भएका छन् । …
कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’
हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ ब…
बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्रोष्टिकमा अनलाइन भुक्तानी गर्दा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्रोष्टिक प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट…
अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार
विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताक…