समाचार
फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने
फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो जुलाई १ देखि फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको हो ।
फेसबुकले फोरके गेमिङलाई गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन अफर गरेपछि यस्तो निर्णय लिइएको हो ।
फेसबुकको गेमिङ पार्टनर कार्यक्रममा सहभागी भएपछि ७ जना खेलाडी र एकजना व्यवस्थापकलाई मासिक तलब दिन सक्ने भएकाले फेसबुक गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुन लागेको फोरके गेमिङ नेपालका संस्थापक पवन जंग शाहीले जानकारी दिए ।
उनले आफ्नो लागि मात्रै नभएर सम्पूर्ण फोरके परिवारको लागि फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा जान लागेको बताए ।
साथै प्रत्येक सिजनमा दर्शकका लागि २० भन्दा बढी रोयल पास गिभअवे गर्ने पनि उनले घोषणा गरे । अब फेसबुकमा गइसकेपछि एकजनालाई कम्तिमा पनि मासिक २० हजार तलब दिन सक्ने शाहीले बताए ।
फेसबुकबाट मात्रै अब फोरके गेमिङको लाइभ स्ट्रिम हुनेछ । फेसबुकमा फोरके गेमिङ नेपालको ४ लाख ४१ हजार फ्लोअर छन् ।
युट्युबको आम्दानीबाट खेलाडिलाई मासिक तलब दिन नसकिने उनले बताए । अब फोरके गेमिङको लाइभ स्ट्रिम युट्युबमा हुने छैन् ।
तर एडिट गरेका भिडियो भने युट्युब अपलोड हुनेछन् । हाल फोरके गेमिङको युट्युब च्यानलमा ९ लाख ४० हजार सब्सक्राइबर छन् ।
समाचार
वर्डप्रेस विराटनगरले वर्डक्याम्प विराटनगरका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसिप’ दिने
वर्डप्रेस विराटनगरले आउँदै गरेको इभेन्ट वर्डक्याम्प विराटनगरका लागि एकजनालाई ‘उज्जवल…
काठमाडौं महानगरले केन्द्रीय कार्यालय र शाखा कार्यालय बाहेकका ठाउँमा एटीएम राख्दा कर लिने
बैंक तथा वित्तिय संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटीएम …
टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउँदै काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउ…
गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारी, कल्याणकारी परियोजनामा सहकार्य गर्ने सहमति
गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा …
मोबाइल, ल्यापटपमा धेरै समय बिताउँदा आँखामा समस्या
अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषे…
निषेधाज्ञामा ड्राइभिङ लाइसेन्सको म्याद सकिएकालाई पनि जरिवाना
सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको…
एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजना पक्राउ
भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जड…
मानव बेचबिखन विरुद्धको अभियानमा सीपमूलक ट्रेनिङ सञ्चालन गर्दै स्कलर्स सपेस
मानव बेचबिखन अनुसन्धान ब्यूरो र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १ महिना ल…
विन्डोज ११ का कारण पुनः डिजाइन गरियो माइक्रोसफ्ट स्टोर
विन्डोज ११ ले माइक्रोसफ्ट स्टोरको रुप परिवर्तन गरेको छ । कम्पनीले माइक्रोसफ्ट स्टोरलाई…
हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त
नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छ…
विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने
विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चलाउन सकिने भएको छ । माइक्रोसफ्टले हिजो आयोजना गर…
सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् आकर्षक फिचर
माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । यो विन्डोज १० एक्स जस्तै रहेको तर अझै व…
सन् २०२२ मा आउने आईफोन सस्तो हुने
एप्पलको सन् २०२२ मा आउने आईफोन ठूलो डिस्प्लेका साथै सस्तो पनि हुने बताइएको छ । अहि…