समाचार
५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवा ५ लाख घरधुरीमा पुगेको छ। तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो ।
वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए ।
‘आजको दिन वल्र्डलिंकका लागि गर्वको क्षण हो, उनले भने, हाम्रो परिवार ५००००० को ठूलो परिवार बनेको छ,’ उनले भने, ‘यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो ।’
उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् ।
उनले अगाडि भने, ‘कम्पनीको सेवामा संतुष्ट बनाउन आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ । हामी सबैले कडा परिश्रम गर्नुपर्दछ । ग्राहक सेवा र त्यसको गुणस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ,’ उनले भने ।
नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् ।
नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ ।
वल्र्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । यसै बिचमा वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ ।
यस कम्पनीले आव २०७६/०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वल्र्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।
वल्र्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको हो ।
दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।
वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।
वल्र्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो ।
संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्यो । कम्पनीको संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको वल्डर्डलिंक विस्तारमा महत्वपूर्ण योगदान रह्यो ।
समाचार
ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख
ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएक…
सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि
सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको…
‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी
‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद आयोजना हुने…
फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग
मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर ब…
डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्यो ‘इजी बैंक’
सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहक…
अब नेपालमै विद्युतीय सवारीसाधन निर्माण हुने, रुपन्देहीमा एसेम्बल प्लान्ट स्थापना हुँदै
विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा या…
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै
गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । य…
स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै
स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भए…
सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग ब…
अप्राविधिकलाई लक्षित गरी नेपालमै पहिलो पटक एआई वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी
आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको संस्था फ्यूजमेसिन इंकले ‘ए…
सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड
ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फ…
साउन १ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स वितरण हुने
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चाल…
नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत
सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको …
इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै
इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…
रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने
विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…