समाचार
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।
आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् ।
हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।
नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
समाचार
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्व…
टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने
टिकटकको एआई अब अरु कम्पनीले पनि खरिद गर्न पाउने भएका छन् । टिकटकको एआई कम्पनीलाई …
अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ
अन्तरिक्षमा सिआरआईएसपिआर जिन एडिटिङले कसरी काम गर्छ भनेर परीक्षण गरिएको छ । अन्तरि…
थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने
सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्…
अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता
फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बना…
स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन राष्ट्र बैंकलाई महासंघको सुझाब
नेपाल उद्योग वाणिज्य महासंघले नयाँ उद्यमीको विकास गर्नका लागि स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक…
‘विपद् न्यूनीकरणमा डेटा र डिजिटल प्रविधिको प्रयोग अधिकतम गर्नुपर्छ’
काठमाडौं । विपद् न्यूनीकरण गर्न डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सर…
सफ्टवेयर इन्जिनियरिङका नीति बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार
टेक वेबिनार नेपालले गूगलमा सफ्टवेयर इन्जिनियरिङ: प्रोग्रामिङका लागि शिक्षा भन्ने वि…
हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने
नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च ग…
रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा दिने, १ घण्टामा डेलिभरी
ई-कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको …
ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’ नामक सामाजिक सञ्जाल, यसरी गर्नुहोस् डाउनलोड
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गेट्टर’ नामक सामाजिक सञ्जाल सार्वजनिक गरे…
मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने
मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…
भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान
भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्र…
ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै
ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ…