कीवर्डहरू -

समाचार

नेपाल टेलिकमले गर्याे सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबर लिंकको जडान 

मुलुकको अति दुर्गम स्थानहरु मध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापना पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११)  १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ ।

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ ।

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको छ ।


समाचार

अब आइफोनका लागि नेपाल टेलिकमले डाटा प्याकेज बण्डलिङ गरी उपलब्ध गराउने

नेपाल टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङ प्रा.लि.को सहकार्यमा एप्पल…

​​​​​​​Bhatbhateni Supermarket to accept QR code payments from today onwards

विजया स्वार एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन्  । स्वार…

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले न…

Top 5 Announced at ICT Awards 2021

“डिजिटल साक्षरता अभियान”  ले टेकशुप ग्लोबलसँग सहकार्य गरेर डिजिटल साक्षरता सम्बन्धि…

हाम्रोपात्रोमा बोर्ड अफ डिरेक्टरको अध्यक्षको रुपमा जोडिए रुद्रप्रसाद पाण्डे

पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको…

त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको परीक्षणको रिपोर्ट अब देखि अनलाइनमार्फत उपलब्ध

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अब द…

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यव…

यातायात व्यवस्था विभागलले गर्याे सवारीचालक अनुमति पत्र खुल्ला, दैनिक करिब पाँच हजार आवेदन मात्र संकलन गरिने

यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्…

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फ…

लस्करको कर्पोरेट लन्च अफर, खाना मगाउदा २५ प्रतिसतसम्म छुट

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ । उक्त अफर …

नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्…