समाचार
अनलाइन सपिङ आलिया बजार सञ्चालनमा
उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।
हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद गरेर सुपथ मूल्यमा गुणस्तरीय सामग्री ग्राहकलाई डेलिभरी गर्नेगरी आफूहरु लागिपरेको कम्पनीकी सञ्चालक समीक्षा कार्कीले जानकारी दिइन् ।
उनले कम्पनीमार्फत कारोबार सुरु भइसकेको र केही समयभित्रै औपचारिक रुपमा उद्घाटन समेत गर्ने बताइन् । आलिया बजारमा ग्राहकको रोजाइ र आवश्यकताका विभिन्न सामाग्री उपलब्ध रहेका छन् भने ती सामग्री बजारमा भन्दा सुपथ मूल्यमा उपलब्ध हुने कम्पनीको दावी छ ।
‘यो इकमर्स कम्पनी लामो रिसर्च गरेर सञ्चालनमा ल्याइएको हो । हामी डाइरेक्ट कम्पनीहरूबाट सामान ल्याउँछौँ । हामी डिलरहरूबाट ल्याउँदैनौँ’, कार्कीले भनिन्, ‘छिटो र स्तरीय सेवा दिन्छौं । ब्रान्डेड सामानमात्रै बेच्ने भएकाले सबैले विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा कम्पनीको छ ।’
आलिया बजारले निकट भविष्यमै आलिबाबा लगायतसँग सम्झौता गरेर नेपाली कृषि उपजलाई विदेशी बजारमा पुर्याउने लक्ष्य समेत लिएको छ । उपभोक्ताले आवश्यक सामान आलिया बजारको बेबसाइट मा गएर अर्डर गर्न सक्नेछन् भने आलिया बजारको मोबाइल एप्सबाट पनि खरिद गर्न सकिनेछ ।
समाचार
आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्…
नेपाल टेलिकमको आकर्षक अटम अफर
नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा स…
एनसेलले बुझायो सरकारलाई सबैभन्दा धेरै रोयल्टी र दस्तुर
दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल सबैभन्दा अगाडी रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ र०…
फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिन आइफोन १३ जित्न सकिने, बम्पर उपहारमा कार
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म…
वीरगञ्जमा सुरु भयो \'भोजमाण्डू\'को सेवा
डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रीत गरी संचालित अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ ।
चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल
सामसङले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्न सफल भएको छ । अझै पनि …
नेपाल बैङ्कको सन्देशमूलक भिडियो सार्वजनिक
नेपाल बैङ्क लिमिटेडले चाड पर्वहरूको अवसरमा पारिवारिक साथ सम्बन्ध दर्साउने सन्देशमूल…
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको इन्स्टाग्रामले परीक्षण गरिर…
भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार
अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भो…
मेगा बैंकका कार्ड प्रयोगकर्तालाई अनलाइन शपिङमा २ हजारसम्म छुट
मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड …
आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै
वानप्लस नाइन आरटी आउँदो हप्ता सार्वजनिक हुने आशा गरिएको छ । यस फ्ल्यागशिप स्मार्टफोन…
डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा
डिजिटल होम इन्टरनेशनल (डीएचआई)ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्…
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आ…
एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक
डा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एच…
कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स
भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक …