कीवर्डहरू -

समाचार

महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बिात्दासम्म सञ्चालन हुनसकेको छैन ।

जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो ।

समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

आग्रह गरेको हप्ता दिन बितिसक्दासम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुनसकेको छैन । पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन बित्यो ।

त्यस्तै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो । पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो ।

“दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे  । “कि सेवा देऊ कि टावर अन्यत्र सार ?”, अधिकृत गिरीले भने, “नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन ।”

त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा चार घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए ।

बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ ।

इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ । निजी प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन् ।

जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सातवटा जिएसएम (नमस्ते) को टावर तीन वर्षदेखि अलपत्र परेका छन् ।

यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ । आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए ।

जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ ।

बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका-१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए । अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ ।

“दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ”, उनले भने । सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ ।

इन्टरनेटमा समेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन् । गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । रासस

समाचार

भिभोको दशैं अफर, स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायत अन्य आकर्षक पुरस्कार जित्ने मौका

नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राह…

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै…

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा सर्ने

फोटोः रासस


सांस्कृतिक संस्थानले …

एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार 

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहार…

नयाँ बसपार्कमा अनलाइनबाटै बसको टिकट काट्न सकिने व्यवस्था गरिदैं

समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै…

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता भएक…

अब आईएमई पेबाटै सरकारी राजस्व बुझाउन सकिने

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्ब…

ग्यापुको दशैंतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सात जनालाई बम्पर उपहार

लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०…

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका…

गूगलको जी सुइट अब गूगल वर्कस्पेस

गूगलले जीसुटलाई ‘गूगल वर्कस्पेस’ को रुपमा रिब्राण्डिङ गरेको छ । वर्कस्पेसमा अब जीमे…

इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर

इन्स्टाग्राम स्थापना भएको दश वर्ष पुरा भएको भएको छ। यही एक दशक पुरा हुनु लगत्तै इन्स्…

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ

ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । …

फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

सामाजिक संजाल फेसबुकको प्रयोग गरि लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ पर…