समाचार
२ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ?
२ लाख बढी ग्राहकहरूले एनसेलको सधैं अन रिनुअल प्याक प्रयोग गर्न थालेका छन् । एनसेलले ग्राहकहरूलाई दूरसञ्चार सेवाहरूमा सहज, सुलभ प्याकहरूका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्यसहित सधैं अन रिनुअल प्याक ल्याएको थियो ।
सधैं अन रिनुअल प्याक लिनेको संख्या दिनदिनै बढ्दै गइरहेको एनसेलले जनाएको छ । रिन्युअल प्याकहरूमार्फत ग्राहकहरूले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरूको फाइदा लिन सक्छन् ।
रिन्युअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरू प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो।
यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । यसको अर्थ त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधाहरूमा थप हुने व्यवस्था रहेको छ ।
यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा *१२३*९# डायल गरेर वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ। सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नवीकरण हुने यी प्याकहरूमा ग्राहकले पूरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन्।
यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढीको समयावधि रहेको छ। यी प्याकहरूमा युट्युबमा अनलिमिट्ड भिडिओ स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरू डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरूमा ग्राहकहरूले आफ्ना परिवारजन, साथीभाई, र सहकर्मीहरूसँग महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन्।
रिन्युअल प्याक अन्तर्गत एनसेलले बेस्ट रिन्युअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्युअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ। पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक ३९९ रूपैयाँ, ४९९ रूपैयाँ र ५९९ रूपैयाँका प्याकहरू रहेका छन्।
यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड युट्युव, अनलिमिटेड नाइट डेटा समावेश छन्। प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जिबीदेखि २० जिबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन्।
दोस्रोमा अनलिमिटेड रिन्युअल प्याक अन्तर्गत कर सहित ७९९ रूपैयाँ, ९९९ रूपैयाँ, र एक हजार ४९९ रूपैयाँका प्याकहरू समावेश रहेका छन्। यी प्याकहरूमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड युट्युब, अनलिमिटेड नाइट डेटाका साथै प्याकअनुसार ३० जिबीदेखि १०० जिबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन्।
त्यसैगरी तेस्रो रिन्युअल सेवा अन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरू रहेका छन्। एनसेलले रिन्युअल अर्थात नवीकरण ग्राहकहरूका लागि अप्रत्याशित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकहरूले रिन्युअल अर्थात नवीकरणको समय÷मितिबारे अग्रिम जानकारी पाउँछन्। साथै, नवीकरण समय आउनु अघि नै ग्राहकहरूले नियमित रूपमा प्याकहरू खरिद गर्ने विकल्प पनि पाउँछन्।
समाचार
एप्पलको हेल्थ एपमा ठुलो सुधार आउँदै, चिकित्सक र हेल्थ कोचको जस्तै काम अब एआई एजेन्टले गर्ने
एप्पलको हेल्थ एपमा एआईमा ठुलो सुधार आउने भएको छ । ब्लूमबर्गका मार्क गुर्मनको पावर अन न्यूजलेटर अनुसार, एप्पल प्रोजेक्ट मलबेरी कोड…
ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई बेबी वार्मर
ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देश…
ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन …
एलन मस्ककै एआई कम्पनी एक्सएआईले किन्यो एक्स
एलन मस्कको एआई कम्पनी एक्स एआईले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) खरिद गरेको छ । एक्स र एक्स एआई दुवैका मालिक एलन मस्क हुन् ।…
एनसेल एनएसएल सिजन ३ सुरू
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३’ भव्य उद्घाटन समारो…
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
मायाको पहिचान नेपालका कार्य…
जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?
हामी यात्रा सुझावदेखि तौल कम गर्ने तरिकासम्म जान्न गुगलको सहायता लिन्छौं । कुनै वेबसाइट, फेसबुक वा युट्युबमा लग–इन…
काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा …
ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई&rsq…
एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्याइदिने
सवारी साधन नपाएर एसईई दिएपछि घर फर्किन समस्या भएमा काठमाडौं महानगरपालिकाले घरसम्म पुर्याइदिने भएको छ ।
सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य
सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर गेटेपेलाई नेपाल क्लियरिङ हा…
राष्ट्र बैंकले स्थापना गर्यो डिजिटल फाइनान्स इन्नोभेसन हब
नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले ह…
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ…
सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद
म्यासेजिङ एप सिग्नल फेरि एक पटक चर्चामा आएको छ । यसपटक यो एप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको एक गल्तीका कारण चर्चामा छ…
स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐनमार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्…