कीवर्डहरू -

समाचार

अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई नास्टले दियो १२ लाखसम्म अनुदान, क-कसले पाए ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्न (नास्ट) ले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ लाखसम्म अनुदान प्रदान गरेको छ । 

चालु आर्थिक वर्ष २०८१/०८२ मा प्राप्त भएका अनुसन्धान प्रस्तावहरूमध्येबाट अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न चाहने युवा वैज्ञानिकहरूलाई अनुदान दिएको हो । 

व्यक्ति/समूहगतको अनुसन्धानका लागि पाँच लाख, संस्थागतको दश लाख र बहु विधागतको लागि बाह्र लाख रूपैयाँसम्म अनुदान दिइएको छ । 

विषय विज्ञहरुबाट भएको मूल्याङ्कनबाट उच्चतम औसत अंकको आधारमा प्रस्तुतिकरण गराई विषय विज्ञहरुले गर्नु भएको प्रस्ताव मूल्याङ्कनको औसत अंक, प्रस्तुतिकरण पूर्णाङ्कमा समिति सदस्यहरुको ५० प्रतिशत औसत अंक र विज्ञको ५० प्रतिशत अंकको आधारमा समेत उच्चतम अंक प्राप्त गर्ने विधागत आवेदकहरुको अनुसन्धान प्रस्ताव अनुदान दिइएको नास्टले जनाएको छ ।

अनुसन्धान अनुदान प्राप्त गर्ने बहुविधागतका आवेदकहरुले कार्यालयको पत्र र बैंक खाता विवरण (पान नं. सहित) र क्याम्पस स्तर (स्नातक) र विद्यालय स्तर विधाका प्रस्तावका आवेदकहरुले आफ्‌नो बैंक खाता विवरण र पान नं सहित अनुसन्धान अनुदान सम्झौताको लागि ७ दिन (कार्यालय समय) भित्र यस प्रज्ञा प्रतिष्ठानको कोठा नं. २०५ (फोन नं. ०१५२५३६१९) मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।  

तोकिएको समय सीमा भित्र अनुदानको लागि सम्झौता गर्न नआएमा त्यसपछि कुनै कारवाही नहुने व्यहोरा पनि नास्टले जानकारी दिएको छ ।

क-कसले पाए अनुदान ? 

समाचार

यूट्युबले ‘युथ डिजिटल वेलबिइङ’ कार्यक्रम ल्यायो, युवाहरूका लागि सुरक्षित अनलाइन सामग्री प्रवर्द्धन गर्ने

लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्युबले युवाहरूका लागि सुरक्षित, उमेरअनुकूल र गुणस्तरीय सामग्री सुनिश्चित गर्न ‘युथ डि…

राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती

मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी …

ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (

भिन्टेज एप्पल १ कम्प्युटर ३ लाख ७५ हजार डलरमा लिलाम, स्टिभ जब्सका अन्य दुर्लभ सामग्रीहरू पनि बिक्री

विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक एप्पलको सुरुवात भएका कम्प्युटरमध्ये एक भिन्टेज एप्पल–१ कम्प्युटर हालै ३७५,००० अमेरिकी डल…

सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट लिनेछ प्रेरणा

एप्पलले धेरै समयदेखि आफ्नो ४–मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टहरू…

बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड

लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने घोषणा गरेको छ । उपायको नयाँ वेयरहाउस…

इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्‍यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण

इटालियन पत्रिका इल फोलियोले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा तयार गरिएको संस्करण प्रकाशित गरेको छ । पूर्ण रूपमा एआईब…

फोटोनले बिक्री गर्‍यो १ करोड युनिट सवारी साधन

विश्वव्यापी व्यावसायिक सवारी साधन निर्माता फोटोनले १ करोड युनिट बिक्री गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिले फोटोन…

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।…

ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री

ट्विटरको चर्चित ब्लू बर्ड लोगो आरआर अक्सनमा ३४ हजार ३७५ डलरमा बिक्री भएको छ । एलन मस्क ट्विटर (अहिलेको एक्स) को मालिक बनेर …

ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरू…

जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै, शंकर ग्रुपसँग सहकार्य

ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भए…

नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान

ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री…

एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा एक्सेस वर्ल्ड र एआई एसोसिएसनबीच छलफल

एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । 

२१ शिक्षक तथा शिक्षिकाहरूलाई नासोद्वारा गतिशील मानव सौर्य मण्डल सम्बन्धि तालिम प्रदान

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा …