कीवर्डहरू -

समाचार

एमडीएमएसमा प्रकरणमा दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष दोषी ठहर, कर्मचारीले पाए सफाइ

विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षलाई दोषी ठहर गरेको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको हो ।

अदालतका न्यायाधिशहरु टेकनारायण कुँवर, रितेश थापा र विदूर कोइरालाको संयुक्त इजलासले दिगम्बर झा, पुरुषोत्तम खनालसहित एमडीएमएसको ठेक्का पाएका कम्पनी नूमेरा (एम) एसडीएन बर्हाद मलेसिया, नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुर र ओएसआई कन्सल्टिङ प्रालि इण्डियाको ज्वाइन्ट भेन्चरलाई दोषी ठहर गरेको छ भने अन्य व्यक्तिलाई सफाइ दिएको छ । 

अदालतले प्रतिवादीहरू आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई सफाइ दिएको छ ।

निज प्रतिवादीहरूलाई अदालतले नेपाल दुरसञ्चार प्राधिकरणको पदीय सोपानमा रही आफूभन्दा माथिल्लो जिम्मेवार पदाधिकारीले निर्णय गरी तोकेबमोजिमको पदीय कर्तब्य पूरा गरेको देखिएको, निज प्रतिवादीहरूले व्यक्तिगत हैसियतमा कुनै निर्णय गरेको नदेखिएको, आ-आफूलाई तोकिएको संयन्त्र र समितिमा रही निजहरूले तथ्यको विश्लेषण गरी कानून बमोजिमको टिप्पणी उठाई राय र प्रतिवेदन दिएको सम्म देखिएको, खरिद प्रक्रियामा परामर्शदाता छनौट समेतमा निजहरूको निर्णायक भूमिका रहेको नदेखिएकाले सफाइ दिएको बताएको छ । 

अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ९१ करोड ९८ लाख ३० हजार ८८२ भ्रष्टाचार भएको दाबी गरे पनि अदालतले भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरी २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार भएको ठहर गरेको छ ।

उक्त रकम दोषी ठहर भएका २ व्यक्ति र ३ कम्पनीबाट असुल गर्न पनि आदेश दिएको छ । झा, खनाल, निउमेरा (एम) एसडीएन.Bhd., मलेसिया, नमस्ते ग्लोबल कम प्रालि, सिंगापुर, ओएसआई डिजिटल प्रालि र इन्डिया (जेभी) दातुक मोहम्मद नुर अमिन भन्ने मोहम्मद नुर अमिन बिन मोहम्मद बिन मोहम्मद नुर खानबाट जनही ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ असुल गर्न अदातले भनेको छ । 

साथै बिगो अनुसारको जरिवानाको फैसला समेत सुनाएको छ । झा र खनाललाई एक वर्ष एक महिना र मोहम्मद नुर अमिन बिन मोहम्मद बिन मोहम्मद नुर खानलाई १ वर्ष कैदको फैसला सुनाएको छ । 

समाचार

रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो, सम्भावनाका नयाँ ढोका खुल्ने विश्वास

नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ, इन्टरनेट सोसाइटीको सहयोग r स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्ता…

‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो, नियमन आवश्यक छ’

सञ्चार तथा सूचना प्रविधि पृथ्बी सुब्बा गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भएको बताएका छन् ।&nb…

आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?

एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको …

उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै एस कलेज, ५० लाखसम्मको फन्डिङ पाउने मौका

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले उद्यमी बन्न चाहनेहरूका लागि ३ दिने बुटक्याम्प ‘ओडिसी’ आयोजना गर्ने भएको छ । 

ब्राउजर कम्पनी ओपेराले ल्यायो नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’

ब्राउजर कम्पनी ओपेराले विभिन्न वेबसाइटहरूमा गएर काम गर्न सक्ने नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’ सार्वजनिक गरेको छ ।…

क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, नीतिगत पहलमा जोड दिने

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्…

च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?

धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…

ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी

अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्व…

विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम

चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ । 

सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने ओपन एआईको योजना

ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा…

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन

साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालले नयाँ नेतृत्व पाएको छ …

टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम

इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै…

सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी

साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शन…

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रि…