समाचार
क्विक कमर्स: डेलिभरीको नयाँ युग, प्रविधि र शहरी जीवनशैलीले हुँदैछ लोकप्रिय
सुविधा र छिटो आपूर्तिका कारण क्विक कमर्सको माग बढ्दैछ । १० देखि ३० मिनेटभित्र खरिदारी पूरा गर्न सकिने यो नयाँ तरिका शहरी ग्राहकहरूको जीवनशैलीको अभिन्न अंग बन्दैछ ।
ग्रोसरीका साथै व्यक्तिगत हेरचाहका सामान र औषधिसम्मको डेलिभरी पनि क्विक कमर्समार्फत सम्भव भएको छ । स्मार्टफोनको बढ्दो प्रयोग र ग्राहकहरूको खरिदारी व्यवहारमा आएको परिवर्तनल ई–कमर्स प्रणालीमा क्विक कमर्सलाई तिव्रता प्रदान गरिरहेको छ ।
क्विक कमर्समार्फत १० मिनेटदेखि २ घण्टाभित्रै सामान ग्राहकको हातमा पुग्छ, जबकि परम्परागत ई–कमर्स प्रणालीमा यो काम गर्न दुईदेखि तीन दिन लाग्छ । डार्क स्टोर वा माइक्रो वेयरहाउस नेटवर्क आधारित हुने भएकाले हाइपर–लोकल स्तरमा आपूर्ति सुनिश्चित हुन्छ ।
व्यस्त शहरी जीवनशैली, बढ्दो आम्दानी, र सुविधा चाहनाका कारण यो क्षेत्र लोकप्रिय बनिरहेको छ । ग्रोसरी आवश्यकतादेखि स्न्याक्ससम्म आज सबै कुरा स्मार्टफोनबाट अर्डर गरी केही मिनेटमै मगाउन सकिन्छ ।
फिनटेक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावले अन्य धेरै क्षेत्रहरूलाई फाइदा पु¥याएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ (एमएल), र अटोमेसनले भण्डारण प्रणालीदेखि सञ्चालन, मागको अनुमान, आपूर्ति व्यवस्थापन, र रूट अप्टिमाइजेसनसम्मका काम सजिलो बनाइदिएको छ ।
क्विक कमर्स क्षेत्रले खुद्रा बजार र डी२सी (डायरेक्ट टू कस्टमर) प्रणालीलाई रूपान्तरण गरिरहेको छ । ग्राहकहरूको सुविधा, छिटो सन्तुष्टि, र अन–डिमान्ड डेलिभरी सेवाहरूको बढ्दो मागका कारण यो सम्भव भएको हो ।
ग्रोसरीका अतिरिक्त वेलनेस उत्पादन, उपहार, पालुवा जनावरका सामान, र इलेक्ट्रोनिक्स सामानहरूमा माग बढ्नेछ । नयाँ प्रविधि, एनालिटिक्स, रोबोटिक्स, र ड्रोनको प्रयोगबाट लागत घट्नेछ ।
क्यू–कमर्स विस्तारका ५ कारण
प्रविधिको विकासले मानिसको जीवनशैली एकदमै सहज बनाएको छ । प्रविधिको सहजताले मानिसको माग पनि बढेको छ । फेरि अहिलेको पुस्तालाई जे पनि तत्कालै चाहिन्छ । क्विक कमर्सले माग र आपूर्तीलाई छिटो बनाउन मद्दत गरेको छ ।
यस बाहेक अहिले तीव्र शहरीकरण भइरहेको छ । तीव्र शहरीकरणले क्यू–कमर्सका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ । क्विक कमर्सको डार्क स्टोर र स्थानीय डेलिभरी हबका कारण कम समयमै यसबाट सामान आपूर्ति गर्न सकिन्छ ।
चुनौतीहरू
क्विक कमर्सका केही चुनौती पनि छन् । गिग वर्कर, डेलिभरी एजेन्टका अधिकार, ग्राहकको डाटा सुरक्षा, र ग्राहक अधिकारजस्ता विषयमा ध्यान दिनुपर्नेछ ।
डार्क स्टोर र विस्तारित डेलिभरी नेटवर्कलाई व्यवस्थित राख्नु चुनौतीपूर्ण छ भने घना बसोबास भएका क्षेत्रहरूमा छिटो आपूर्ति गर्नु चुनौतीपूर्ण हुनेछ ।
समाचार
एप्पलले हटायो टिकटक, क्यापकट, मार्भल स्न्यापसहित बाइटडान्सका ११ एप
एप्पलले टिकटकसहित बाइटडान्सले विकास गरेका ११ वटा एपहरू पनि हटाएको छ । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र यसका सहायक कम्पनीहर…
अनलाइन रिभ्यू र रेटिङका लागि नकिनेको सामान डेलिभरी, डेटा चोरी हुने समेत खतरा
हामी सबैलाई अनलाइन सपिङ मन पर्छ । यो सजिलो र समय बचत गर्ने विकल्प हो । साथै, प्रायः यसले तपाईंलाई उत्कृष्ट डिल्स र डिस्काउन्ट पा…
इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने
अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० से…
अमेरिकामा टिकटक बन्द, प्ले स्टोर र एप स्टोरबाट पनि एप हटाइयो
शनिबार साँझदेखि अमेरिकाभर टिकटक एप चल्ने छाडेको छ । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ । …
दुईवटा ड्रोन दुर्घटना भएपछि अमेजनले टेक्सस र एरिजोनामा रोक्यो ड्रोन डेलिभरी सेवा
अमेजनका ड्रोनहरूले निकट भविष्यमा कुनै पनि डेलिभरी नगर्ने सम्भावना देखिएको छ । ब्लूमबर्गका अनुसार, कम्पनीले टेक्सस र एरिजोनामा स…
राष्ट्रिय परिचयपत्रमा समावेश गरिएको डेटा दुरूपयोग हुन दिदैनौं: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरण दुरूपयोग हुन नदिने बताएका छन् ।
नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान
नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसङ मोबाइल उपलब्ध गराएको छ ।
सन् २०२५: एआई, फाइभजी, एआर/भीआर र स्याटेलाइट इन्टरनेटले प्रविधिको नयाँ युग ल्याउँदै
सन् २०२५ मा हामीले थुप्रै नयाँ प्रविधिहरूको झलक पाउने छौं । यी प्रविधिहरू पूर्ण रूपमा नयाँ नहुन सक्छन्, तर तिनको एकीकरण नयाँ ह…
एन्ड्रोइड १५ का केही हिडन फिचर
एन्ड्रोइडको लेटेस्ट अपरेटिङ सिस्टम एन्ड्रोइड १५ अहिले पिक्सेल र वानप्लसजस्ता थुप्रै स्मार्टफोनमा उपलब्ध भइसकेको छ । यस नयाँ अपरेटिङ …
वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदारलाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ ।…
के हो डेटा डम्प प्रविधि, जसबाट सैफ अली खानमाथि आक्रमण गर्ने आरोपीको पहिचान खुल्यो?
मोबाइल डो डम्प प्रविधिमार्फत बोलीवुड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आक्रमणकारीको तस्बिर सार्वजनिक भएको छ । आक्रमण्कारीको पह…
सूचना प्रविधि र एआईको सदुपयोग गर्दै विकासमा अगाडि बढ्छौँ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सूचना प्रव…
मोबाइल बजारमा असफल हुँदा माइक्रोसफ्टलाई ४०० अर्ब डलर घाटा
एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत…
अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना, प्रयोगकर्ताहरूको रोजाइ बन्दै रेडनोट एप
अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढ्दै जाँदा प्रयोगकर्ताहरूले नयाँ एपतर्फ मोडिन थालेका छन्, जसको नाम रेडनोट हो । यो …
स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेक…