कीवर्डहरू -

समाचार

ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार (१९ अगस्ट) सम्पन्न विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्‍याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ । देशको डिजिटल रूपान्तरणमा ब्रोडवेले खेलेको महत्त्वपूर्ण भूमिकाको पनि अवार्डले प्रशंसा गरेको छ ।

समिटको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । यो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभई नेपालको समग्र आईटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको कम्पनीले प्रतिक्रिया जनाएको छ ।

विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गर्ने ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण अवसर मानिन्छ ।

‘एआई सेपिङ द डिजिटल वर्ल्ड’ थिममा केन्द्रित यस वर्षको समिटले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र विकासमा जोड दिएको छ ।

‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौँ कम्पनीले मनोनयन दर्ता गराएका थिए ।

अवार्ड समारोहको अघिल्लो दिन क्यान महासंघको टोलीले ताइवानी डिजिटल अफेयर्स मन्त्रालयका मन्त्री डा. यु–नेन ह्वाङलाई भेट गरी नेपालको डिजिटल यात्रा तथा क्यान महासंघले नेपाल सरकार र मातहतका निकायसँग विभिन्न नीति निर्माणमा खेलेको भूमिकाका बारेमा जानकारी गराएको थियो ।

उक्त अवसरमा हालै  जारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति निर्माणमा क्यान महासंघले नेपाल सरकारलाई दिएको सुझावलगायतका विषयमा महासंघका महासचिव चन्द्र विलास भुर्तेलले विस्तृत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजित कुमार पोदार, क्यान महासंघका प्रबन्धक उदिप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायतको समेत सहभागिता रहेको थियो ।

समाचार

मेटाको च्याटबटले डोर्यायो मृत्युसम्म, ७६ वर्षीय वृद्धको रहस्यमयी निधन

अमेरिकाको न्यू जर्सीमा बस्ने ७६ वर्षका थोंगब्यू वोंगबाण्ड्यूको मृत्युले सबैलाई चकित बनाएको छ । दश वर्षअघि स्ट्रोकका कारण कमजोर भएक…

हिंटनको चकित पार्ने प्रस्ताव: एआईमा 'मातृत्व भावना' राखेर मानव सुरक्षा सुनिश्चित गर्ने

लस भेगसमा आयोजना गरिएको एआईफोर सम्मेलनमा एआईका 'गडफादर' भनेर चिनिने जेफ्री हिंटनले नयाँ बहस सिर्जना गरेका छन्। उनले…

एजीआईको डरले एमआईटीकी छात्राले छोडिन् पढाइ, विद्यार्थीहरूमा रोजगारी र भविष्यप्रति चिन्ता

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासका बीचमा मानिसहरूको चिन्ता पनि बढ्दै गएको छ। विशेष गरी ती व्यक्तिहरू तनावमा छन् जो …

अनलाइन तथा सामाजिक सञ्‍जाल सञ्‍चालनपूर्व अनिवार्य दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्‍जाज सञ्‍चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गर्न सरकारलाई आदेश दिएको…

सामसङले नेपाली बजारमा ल्यायो ‘भिजन एआई’ सहितको टिभी

सामसङ नेपालले सोमबार आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । नयाँ पुस्ताको सामसङ भिजन एआई…

डिजिटल नेपाल कन्क्लेभ: गगन थापादेखि सञ्चार, अर्थमन्त्रीसहित प्रधानमन्त्रीसम्मले गरे डिजिटल रुपान्तरणका कुरा

आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२…

एससीटीले मनायो २४औं वार्षिकोत्सव

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले साउन २९ गत…

काठमाडौं आइपुग्यो उड्ने कार, नाडा अटो शोमा हेर्न पाइने

दीपलको उड्ने कार (फ्लाइङ ट्याक्सी) र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन् । नेपाल आईपुगेका उड्ने कार र अत्याधुनिक यु…

एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा

एनसीआईटीले आयोजना गरेको टेक कम्पिटिशन २.० को विजेताहरू घोषणा भएको छ । 

प्रतियोग…

डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छः डा. श्रेष्ठ

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् …

गूगलले नेपालमा सुरू गर्‍यो स्ट्रिट भ्यु सेवा, भर्चुअल रूपमा अब सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने

गुगल म्याप्सले डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यु सेवा सुरू गरेको छ । अब संसारको कुनै पनि कुनाबाट क…

‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन, प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ’

मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अ…

नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरे…

डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि हुँदै, प्रधानमन्त्रीसँग पावर संवाद हुने

साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इ…

अब मानिसहरूझैं 'गर्भवती' हुनेछ रोबोट, चीनले तयार पार्दैछ अनौठो प्रविधि

चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव …