कीवर्डहरू -

समाचार

काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन (एप्रिकोट)


एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना सुरु भएको छ । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना भएको हो ।

दश दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरबाट करिब नौ सय भन्दा बढीको सहभागिता रहेको छ ।


उक्त सम्मेलन एसिया प्रशान्त नेटवर्क संचालकहरुको मञ्च, एपिनिकको सदस्यहरुको छलफल तथा साधारण सभा, दक्षिण एसियाली नेटवर्क संचालक समूह (सानोग) का साथै नेटवर्क सुरक्षाका समपिर्त फस्र्ट, एपसर्ट एवम् अन्य एसिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको संगमस्थलको रुपमा रहेको छ ।

उक्त कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरणका साथै साथै स्थानीय सूचना प्रविधि संगठनहरुको सहयोग रहेको छ । स्थानीय संगठनहरुमा Nepal Network Operators Group (NPNOG), Nepal Research and Education Network (NREN), Federation of Computer Associations of Nepal (FCAN) Pjd\\ Internet Society Nepal Chapter रहेका छन् ।

\"\"
यसैगरी सम्मेलनको प्रायोजकको रुपमा Google, Facebook, Equinix, VeriSign, DE-CIX, Netflix, Telstra, LINX, Airtel, Juniper, Amazon Web Services लगायतका कम्पनी रहेका छन्। सम्मेलनमा विपटेला कम्पनीका सह संस्थापक अमिर खानले आफ्नो अनुभवहरु सुनाउने छन ।

यस क्रममा उनले पछिल्ला दुई दशकको अनुभव एवम् आगामि दशकको मार्गचित समेत प्रस्तुत गर्नेछन् । यसैगरी प्याकेट फेब्रिक का सहसंस्थापक विल चारनोकले नेटवर्किङ प्रविधिमा भइरहेका विकाशहरुको भविष्य प्रभावि धारणा प्रस्त गर्नेछन् ।

यसैगरी स्थानीय बक्तको रुपमा उक्त सम्मेलनमा नेपाली इन्टरनेट एवम.्ताररहित प्रविधि अभियन्ता डा. महाविर पुनले आफ्ना अनुभव एवम ्स्मार्ट सिटिको बारेमा आफ्नो धारण प्रस्तुत गर्नेछन् । सम्मेलनको सुरुवात ७ फागुन देखि हुने सम्मेलन पूर्वको कार्यशाला बाट सुरु हुनेछ ।


सम्मेलनको हप्तामा आईओटी सम्वन्धी कार्यशाला, तार रहित संन्टर, सुरक्षा, राउटिङ नेटवर्क व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । त्यसपछिका दिनमा DNSSec, Secure Routing, Software Defined Networking (SDN) and Network Function Virtualization (NFV) लगायतका प्राविधिक विषयमा छलफल हुनेछ ।

यसैग्री अन्तर देशिय सहकार्य, सरकारी एवम्   इन्टरनेट समुदायसँगको सहकार्य लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको बारेमा थप जानकारी मा http://2018.apricot.net./ उपलब्ध रहेको छ ।

समाचार

पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?

प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ

सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'

कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु…