कीवर्डहरू -

समाचार

नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन भि ९ सार्वजनिक

चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो भि ९ ( Vivo V9) आइतबार सार्बजनिक भएको छ

कम्पनिले नेपाली बजारमा केहि महिना अघि सार्वजनिक गरेको भिभो भि सेभेनले राम्रो सफलता प्राप्त गरेपछि नयाँ सेट भिभो भि ९ सार्वजनिक गरेको छ  ।

अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाएको भिभो भि नाइन १९ : ९ एस्पेक्ट रेसियोको रहेको छ । ६.३ इन्चको ठुलो आइपिएस फुलएचडी एलसीडी स्क्रिन छ भने २२८० x १००८० पिक्सेल रेजोलुसन

यसको फ्रन्ट लुक आइफोन एक्स जस्तै देखिन्छ । यसको नच टप साइडमा   रहेको छ । फोनको पछाडी पट्टि अल्मुनियमको प्रयोग गरिएको छ । भिभो भि नाइन विश्व बजारमा भने यसको डिस्प्ले भित्र राखिएको     फिंगरप्रिन्टको   कारण निकै चर्चामा रहेको छ ।

\"\"

भिभोको यो डिभाइस विश्वको   पहिलो डिस्प्ले मुनी फिंगरप्रिन्ट भएको   स्मार्टफोनको रुपमा चिनिन्छ । भिभो भि नाइनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६२६ प्रोसेसर राखिएको छ भने फोटोका लागि ड्यूल रियर क्यामरा सेटअप रहेको छ ।

१६ मेगापिक्सेल र ५ मेगापिक्सेलको डुअल रियर क्यामरामा एआई प्रविधिको सहयोगबाट तस्वीरलाई आकर्षक बनाउन सकिने बताईएको छ । त्यसैगरि फोनमा सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनको पफर्मेंसको बारेमा कुरा गर्दा,भिभो भि ९ मा १४ एनएम स्नाप् ड्रागन ६२६ एसओसी २.२ जिएचजेडमा चल्ने प्रोसेसर  छ ।

४ जीबी र्याम र ६४ जीबी अनबोर्ड स्टोरेज उपलब्ध छ । यसलाई माइक्रोएसडी कार्डको सहायतामा २५६ जीबी सम्म बढाउन सकिन्छ ।

\"\"

यो डीभाइसमा आफुले चाहे जति एप्लिकेशन डाउनलोड गर्न सकिन्छ । साथमा ठुला साइजका भिडियोहरु समेत ड़ाउनलोड गरेर हेर्न सकिन्छ ।यसको लागि फोनको स्टोरेजमा कुनै सम्झौता गर्न पर्दैन ।

फोनमा यी सम्पूर्ण कुराहरु संचालनका लागि ३२६० एमएएच ब्याट्री प्याक गरिएको छ । ओरियो ८.१ एन्ड्रोइड भर्जन सहितको यो ह्यान्डसेटमा फन टच ओएस ४.० छ ।

साथै भिभो भि ९ मा ४ जी भिओएलटिइ,वाईफाई ८०२.११,ब्लुटुथ ४.२ लगायतका कनेक्टिभिटि अप्सनहरु रहेका छन् । यसका साथै फिंगरप्रिन्ट सेन्सर,फेस अनलक जस्ता सेन्सरहरु समेत उपलब्ध छन् ।  यसको मूल्य ३७ हजार ७ सय ९० रहेको छ ।

समाचार

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…

इटहरीबासीले पनि इसेवाबाट खानेपानीको महशुल भुक्तानी गर्न सक्ने 

विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तिब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रवि…

कपडाको अनलाइन स्टोर  - कपडा डटकम 

अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुम…

इसेटका इनह्यान्स्ड कन्जुमर प्रडक्ट \'इन्टरनेट प्रोटेक्सन २०१८\' सार्बजनिक


इसेटले २१ मार्चमा उच्च क्षमताको इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको छ ।


इसेटले मल्ल…

नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न

सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्र्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ । 


श्री एच्.सी.होङ, अध्…