अफर
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ संचालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले कर सहित मात्र रु. ५० मा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् ।
विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ् प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि नि:शुल्क पहुँच पाइन्छ ।
मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामाग्रीहरु उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि नि:शुल्क पाउँछन्, जसको मतलब ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्दैन । साथै, यो सिम लिएका ग्राहकहरूले रु. ५० वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन् ।
एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् । सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी सहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ । आवश्यक प्रमाणीकरणपछि उनीहरुको सिम सक्रिय हुन्छ ।
एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
अफर
एनसेल र फुडमाण्डुबीच सहकार्य, खानाका परिकारमा १५० रूपैयाँसम्म छुट
एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट स…
साउदी अरबबाट टिक्मोमार्फत आइएमई गर्दा बीवाईडी गाडीदेखि आईफोनसम्म जित्ने मौका
आइएमई लिमिटेडले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘टिक्मो (Tiqmo) मार्फत आइएमई गरौ, उपहार जितौं’ नामक नयाँ य…
अंग्रेजी नयाँ वर्षको अवसरमा दराज नेपालको १.१ सेल, यस्ता छन् छुट र अफरहरू
दराज नेपालले नयाँ वर्षलाई अझ विशेष बनाउने सोच सहित दराज १.१ सेल सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको सुरुवात उत्साहजनक अ…
एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू
एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ । यसअन्तर्गत डोंगफेङ नामी र सेरेस …
विद्यार्थीका लागि नेपाल टेलिकमको विशेष अफर, ५ हजारमा एक वर्षका फाइबर इन्टरनेट
नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । इन्टरनेट सेवा उपयोग बढ्दै गइरह…
दराजमलको नयाँ स्वरूप सार्वजनिक, अथेन्टिसिटी ग्यारेन्टीसँगै ३ गुणासम्म क्याशब्याक र विशेष ब्रान्ड अफर
दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलक…
भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा टीभीएस स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्न सकिने
भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं&r…
स्मार्ट क्यूआरबाट पैसा तिर्दा बिगमार्टमा १० प्रतिशत छुट
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२० बढी शाखा रहेको सुपरमार्केट बिगमार्ट प्रा. लि. ले यसपालि दशैंको उपलक्ष्…
ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…
दशैंमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर
रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ उ…
शाओमी नेपालको चाडपर्व अफर, मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार
शाओमीले नेपालका उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछ…
नेपाल टेलिकमको दसैं, तिहार, छठ अफर: एफटीटीएच जडान निःशुल्क, अनलिमिटेड डेटा
नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छ…
एससीटीको स्मार्ट सेलिब्रेसन्स अफर, एससीटी युनियनपे कार्डबाट भुक्तानी गर्दा बिग मार्टमा १० प्रतिशत छुट
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दशैं, ति…
क्लासिक टेकको दशैँ अफर: १ वर्षको मूल्यमा २ वर्ष इन्टरनेट
अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘२ …
नेपाल टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा
नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले संविधान दिवस अफर २०८२ सार्वजनिक गरेको छ।