कीवर्डहरू -

नीति

ई–कमर्स निर्देशिका २०८२: जेल सजाय हटाएर जरिवाना मात्र राख्न क्यान महासंघको माग

नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले सुझाव प्रस्तुत गर्दै निर्देशिकाले नियमन मात्र नभई नेपालको डिजिटल बजारलाई सुरक्षित, सरल र सार्वभौम बनाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

क्यान महासंघले नेपाली ई–कमर्स क्षेत्रको दिगो विकासका लागि तीनवटा आधारभूत स्तम्भ आवश्यक रहेको जनाएको छ।

सुरक्षा अन्तर्गत सरकारले डाटा सुरक्षाबारे सामान्य निर्देशन मात्र नभई ‘राष्ट्रिय न्यूनतम सुरक्षा मापदण्ड’ निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ। मापदण्ड पूरा गर्ने प्लेटफर्महरूलाई ‘ट्रस्ट सिल’ प्रदान गर्दा उपभोक्ताको विश्वास बढ्ने महासंघको ठहर छ।

व्यवसाय दर्ताका लागि विभिन्न निकाय धाउनुपर्ने झन्झट अन्त्य गर्न एकीकृत एपीआई आधारित दर्ता प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ। यस प्रणालीमार्फत प्यान, भ्याट र ओसीआर जस्ता विवरणहरू सरकारी पोर्टलमा स्वचालित रूपमा सिंक हुनेछन्।

यसैगरी नेपाली नागरिकको डाटा स्वदेशमै सुरक्षित राख्न नेपालभित्रका डाटा सेन्टरमा डाटा होस्ट गर्ने कम्पनीहरूलाई कर छुट दिनुपर्ने प्रस्ताव गरिएको छ ।

जेल सजाय हटाएर आर्थिक जरिवाना राख्न आग्रह

निर्देशिकाको मस्यौदामा उल्लेख गरिएको ३ देखि ५ वर्षसम्मको जेल सजायले स्टार्टअप र नवप्रवर्तनशील उद्योगमा भय सिर्जना गर्ने क्यान महासंघको निष्कर्ष छ। 

त्यसैले प्लेटफर्म असफलतामा जेल सजायको सट्टा गल्तीको वर्गीकरण अनुसार आर्थिक जरिवाना मात्र राख्न सुझाव दिइएको छ।

महासंघले साना तथा मझौला उद्योगका लागि हाल प्रस्तावित ३५ दिनको दर्ता अवधि अव्यवहारिक भएको भन्दै यसलाई बढाएर ९० दिनको प्राविधिक सहयोग अवधि बनाउन माग गरेको छ।

यसैगरी, कुनै ई–कमर्स प्लेटफर्मले विक्रेताको उचित जाँचबुझ गरेको अवस्थामा विक्रेताको व्यक्तिगत उत्पादन त्रुटिका लागि प्लेटफर्मलाई जिम्मेवार नठहरिने गरी ‘सेफ हार्बर’ को व्यवस्था गर्नुपर्ने सुझाव पनि समेटिएको छ।

अन्तर्राष्ट्रिय भुक्तानी सहज बनाउन कार्यदल गठनको प्रस्ताव

नेपाली ई–कमर्सलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन डिजिटल अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज गर्नुपर्नेमा पनि क्यान महासंघले जोड दिएको छ। यसका लागि नेपाल राष्ट्र बैंक लगायत सरोकारवाला निकायसँग समन्वय गरी विशेष कार्यदल गठन तथा साना डिजिटल कारोबारमा शुल्क मिनाहाको प्रस्ताव गरिएको छ।

एफएनसीसीआई सूचना प्रविधि विकास समितिका सभापति शक्ति कुमार बेगानी तथा सह–सभापतिले क्यान महासंघको सुझावलाई समय सान्दर्भिक, व्यावहारिक र रचनात्मक भन्दै स्वागत गरेका छन् ।

क्यान महासंघले ई–कमर्स निर्देशिका केवल नियमनको दस्ताबेज नभई ‘डिजिटल नेपाल निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको साझेदारी दस्ताबेज’ बन्नुपर्ने बताएको छ । 
 

नीति

बैंक तथा वित्तीय संस्थाहरूका लागि एआई प्रयोग सम्बन्धि नियम बनाउँदै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले एआई सम्बन्धि नियम बनाउने तयारी थालेको छ । 

आगामी निर्वाचनमा प्रविधिबाट विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने व्यवस्था गरिदै

सरकारले आगामी फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । 

<…

डिजिटल भुक्तानीलाई थप पारदर्शी र सुरक्षित बनाउन ऐन संशोधन हुँदै, मस्यौदामा सुझाव दिन १० दिनको समय

भुक्तानी तथा फर्स्योट सम्बन्धि ऐन संशोधन हुने भएको छ । डिजिटल भुक्तानी माध्यम र सेवालाई थप पारदर्शी र सुरक्षित बनाउन तथा अस्…

सफ्टवेयर विकास गर्दा र आईटी परामर्श लिँदा सरकारले मासिक २ लाखसम्म तलब दिने, कसलाई कति ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स, २०८२ तयार पारेक…

एआई नीति: सबै प्रदेशमा एक्सिलेन्स सेन्टर स्थापना हुने, रेडिनेस इन्डेक्स ५०औं स्थानभित्र ल्याउने

सरकारले एआई नीतिको सुरक्षित विकास र परीक्षणका लागि नियमनकारी स्याण्डबक्स स्थापना गर्ने भएको छ । एआईको प्रभावकारी प्रयोगका लागि स…

न्यायिक अनुमतिका आधारमा मात्र इन्टरसेप्सनको अनुमति दिने व्यवस्था गर्न सुझाव

डिजिटल राइट्स नेपालले न्यायिक अनुमतिका आधारमा मात्र इन्टरसेप्सनको अनुमति दिइने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । 

‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकका अस्पष्ट प्रावधानले नागरिक अधिकार कुण्ठित गर्ने खतरा’

डिजिटल अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था डिजिटल राइट्स नेपालले संसदमा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी …

एआई नीति स्वीकृत

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति स्वीकृत गरेको छ । साउन २६ गते बसेको मन्त्रीपरिषद् बैठकले एआई नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

फिनटेक इन्नोभेसन प्रवर्द्धनका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा इन्नोभेसनलाई प्रवर्द्धन गर्नका लागि रेगुलेटरी स्यान्डबक्स स्थापना गर्ने तयारी गरेको छ । यसका ला…

व्यक्तिगत डाटा संरक्षण नीति ल्याउँदै सरकार, प्रयोजनका आधारमा डाटाको वर्गीकरण गरिने

प्रयोजनका आधारमा अब व्यक्तिगत डाटाको वर्गीकरण हुने भएको छ । प्रयोजनका आधारमा व्यक्तिगत डाटाको वर्गीकरण गर्ने गरी ई-गभर्नेन्स बोर्डल…

‘अहिलेको कर नीतिले टेलिकम उद्योग दिगो हुन सक्दैन, यसलाई गम्भीर भएर सोच्नुपर्छ’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले अहिलेको कर नीतिले टेलिकम उद्योग दिगो हुन नसक्ने बताएका छन् । शुक्रबार…

सरकारी निकायको आईटी सिस्टम बनाउने निर्माणकर्ताले सोर्स कोड दिनुपर्ने, नदिनेलाई ५ लाख जरिवाना प्रस्ताव

सरकारी निकायको सूचना प्रविधि (आईटी) प्रणाली (सिस्टम) वा वेबसाइट बनाउने निर्माणकर्ताले अब त्यसको सोर्स कोड, टेक्निकल डकुमेन्टेसन …

पेटेन्ट र इन्टिग्रेटेड सर्किट सम्बन्धि नयाँ कानुन बन्दै, के के छन् व्यवस्था ?

सरकारले पेटेन्ट र इन्टिग्रेटेड सर्किट सम्बन्धि कानुनलाई समयानुकुल बनाउनका लागि नयाँ कानुन संसदमा पेश गरेको छ । बौद्दधिक सम्पत्ति…

मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेमा कारवाही गर्ने नियामकको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेमा कारवाही गर्ने चेतावनी दिएको छ । 

संसदबाट अध्यादेश पारित भएपछि नास आईटीले भन्यो - डिजिटल अर्थतन्त्र मजबुत बनाउने छ

संघीय संसदबाट सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका कानुनलाई संशोधन गर्ने अध्यादेश पारित भएपछि नेपाल सफ्टवेयर तथा आईटी स…