नीति
कम्पनी दर्तासँगै अब प्यान पनि अनलाइनबाटै डाउनलोड गर्न सकिने
काठमाडौं । कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) लिन छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झट अब हटेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका नयाँ कम्पनीहरूले अब प्यान नम्बर र प्यान प्रमाणपत्र अनलाइनबाटै डाउनलोड गरी प्रयोग गर्न सक्ने व्यवस्था लागू भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार यो सेवा विद्युतीय प्रणालीमार्फत सञ्चालनमा आइसकेको छ । अब कम्पनी दर्ता हुनेबित्तिकै सम्बन्धित सेवाग्राहीले कार्यालयको सीएएमआइएस प्रणालीमार्फत आफ्नो प्यान नम्बर तथा प्यान प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।
कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभाग बीच सूचना प्रणालीलाई एकआपसमा जोड्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो । सोही समझदारीअनुसार तयार गरिएको अन्तरआबद्ध प्रणाली २०८३ असार १५ गतेदेखि सीएएमआइएस प्रणालीमा कार्यान्वयनमा आएको हो ।
नयाँ व्यवस्थाले कम्पनी दर्ता र करसम्बन्धी प्रारम्भिक प्रक्रिया एउटै डिजिटल प्रणालीमार्फत सम्पन्न हुने भएकाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ । यसले सरकारी सेवा प्रवाहलाई थप छरितो, सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।
यसअघि कम्पनी दर्ता सम्पन्न भएपछि प्यान नम्बर प्राप्त गर्न सेवाग्राहीले आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने वा अतिरिक्त प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो । अब भने उक्त प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सम्पन्न हुने भएको छ ।
नीति
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउन सरकारले विभिन्न सुध…
अब बैंकिङ, टेलिकम र डिजिटल सेवासहित यी २५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध
काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । सरकारल…
पूँजीबजारमा पारदर्शिता बढाउन नयाँ व्यवस्था, राष्ट्रिय परिचय नम्बर बिना खाता नखुल्ने
काठमाडौं । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको …
श्रमिकमैत्री कदम : पुन: श्रम स्वीकृति अब पूर्ण रूपमा डिजिटल
काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई अझ सुरक्षित, छरितो र पारदर्शी बनाउने उद्देश्यसहित पुन:…
प्राविधिक शिक्षा क्षेत्रमा नयाँ कानुनको तयारी, मन्त्रालयले माग्यो सुझाव
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रलाई थप व्यवस्थित र प्रभ…
भन्सार मूल्यांकनमा सुधार, अन्तर्राष्ट्रिय बजार मूल्यसम्बन्धी नयाँ डेटाबेस प्रणाली लागू
काठमाडौं । भन्सार प्रशासनलाई थप आधुनिक, पारदर्शी र तथ्यमा आधारित बनाउने उद्देश्यसहित भन्सार विभागले कस्टम्स भ्या…
भूमि व्यवस्थापन विभागद्वारा नयाँ व्यवस्था जारी : जग्गा रोक्का र फुकुवा अब अनलाइनबाटै
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा प्रक्रियामा अनलाइन प्…
कानुन निर्माण प्रक्रिया डिजिटल बन्दै, जनताको सुझाव अब सिधै सरकारसम्म
काठमाडौं । कानुन निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता विस्तार गर्ने उद्देश्यले सरकारले नयाँ डिजिटल …
यी हुन् नीति तथा कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा समेटिएका मुख्य प्राथमिकता
काठमाडौं । सरकारले ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ कार्यान्वयन अन्तर्गत राष्ट्रिय डिजिटल पूर्वाधार निर्मा…
आगामी बजेटका लागि नागरिकबाट सुझाव माग्दै अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई थप जनमुखी, सहभागितामूलक र परिणाममुख…
निजामती सेवा सम्बन्धी काम अब अनलाइनबाटै
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) ले आफ्ना सेवाहरू…
देशभरका मालपोत कार्यालय अब मन्त्रीको प्रत्यक्ष निगरानीमा
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूको सेवा प्…
पठाओ-इनड्राइभ जस्ता राइड सेयरिङका लागि नयाँ नियम : चालकदेखि सवारीसम्म नयाँ मापदण्ड
काठमाडौं । सरकारले पठाओ–इनड्राइभ जस्ता राइड–सेयरिङ तथा राइड–हेलिङ सेवामा प्रयोग हुने सव…
अब कम्पनी रजिष्ट्रारका सूचना एआईबाट, २४ घण्टा सेवा सुरु
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा आम सर्वसाधारणका जिज्ञासा अब एआईबाट समाधान गरिने भएको छ । यसको लागि…
रोजगार सेवा अब एउटै प्रणालीमा : ‘श्रम संसार’ अनिवार्य
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारी सम्बन्धी सम्पूर्ण सेवाहरूलाई एउटै डिजि…