अपडेट
तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए ।
“ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उनले भने, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।”
किसानलाई क्रेडिटकार्ड दिएपछि रु दुई लाखसम्मको सहुलियत कर्जा पाउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो ।
सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उनले बताए ।
अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उनको भनाइ छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले रु दुई लाखसम्म ऋण दिन्छ ।
सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् ।
त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ ।
सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तक्र्रिया भएको छ । त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पुर्याउने बताएका थिए ।
अपडेट
एलन मस्कको स्टारशिप रकेट उडेको तीन मिनेटमै विस्फोट
अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ ।
नेपालको विद्युतीय कर प्रणाली गुगल दर्ता, आम्दानीको २ प्रतिशत कर तिर्ने
विश्वकै सर्वाधिक इन्टरनेट सर्च इन्जिनका बादशाह गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएक…
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ई-सिम उपलब्ध गराउने
नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५०…
इन्टरनेट नहुँदा एक सय ५९ वडामा अझै हुन सकेन अनलाइनबाट व्यक्तिगत घटना दर्ता
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्…
एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भार…
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित
छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने …
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…
नेपालमा बनेका सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएः सांसद शाह
प्रतिनिधि सभा सदस्य असिम शाहले नेपालमा उत्पादन भएको सवारीसाधनलाई नम्बर प्लेट दिने …
एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने
एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लि…
मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा अब वर्ल्डलिंकको डेडिकेटेड इन्टरनेट
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले न…
पूर्वगृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धी स्वीकृत गरेको कार्यविधि खारेज
पूर्वगृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी स्वीकृत गरेको का…
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको…
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि बिहीबारसम्म आवेदन दिन सकिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पु…
विश्व प्रतिष्ठित फोटो प्रतिस्पर्धामा एआईले बनाएको फोटो प्रथम
सोनी वल्र्ड फोटोग्राफीको क्रियटिभ क्याटेगोरीमा एआईले बनाएको जर्मन कलाकारको फोटोले स…
च्याटजीपीटी र गूगलसँग प्रतिस्पर्धा गर्न ट्रुथ जीपीटी ल्याउँदै एलन मस्क
एलन मस्कले ओपनएआइ र गूगलसँग प्रतिस्पर्धा गर्नका लागि ट्रुथ जीपीटी सुरु गर्ने भएका छन्…