कीवर्डहरू -

अपडेट

ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ई-लर्निङ प्लेटफर्म तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणले अहिले प्लेटफर्म विकास गरिरहेको छ ।

यस मार्फत विपद्का विषयहरुबारे आधारभूत जानकारी लिन सकिने छ । इलर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चारवटा मोड्युल राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीनवटा मोड्युल राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा. डिजन भट्टराईले आगामी दिनमा यसलाई थप परिस्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए ।

विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरुका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा. भट्टराईले बताए ।
इलर्निङ्ग प्लेटफर्मको बारे बुधबार प्राधिकरणका कर्मचारीहरुबीच पहिलो परीक्षण कक्षा सम्पन्न गरिएको छ । यसमा आएका सुझावहरुलाई समावेश गरी पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रवक्ता डा. भट्टराईले बताउँछन् ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रुपमा पहुँच पुर्याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपदबारे बुझ्न मद्दत गर्ने प्राधिकरणको अपेक्षा छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरु वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।


अपडेट

ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी

ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…

हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने

हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…

चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिट…

नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण

काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जि…

नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस् 

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…

सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै

दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…

अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने

आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …

राष्ट्र बैंकले फेरि भन्योः ‘नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो’

नेपाल राष्ट्र बैंकले पुनः भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइप…

नबिल बैंकले सुरू गर्‍यो ‘मोबाइल क्याश’ सेवा, अब एटीएमबाट पैसा झिक्न कार्ड नचाहिने 

नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि …

पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ ज…

दराज मल फेस्ट सुरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिदमा छुट

नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले साउन ३० देखि दराज मल फेस्ट सुरु गरेको छ । यस…

दुरसञ्चारको मर्मत सम्हारमा बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन

काठमाडौं । संघिय संसदको सार्वजनिक लेखा समितिले दुरसञ्चारको मर्मत सम्हारमा आरटीडीए…

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा खुल्ला

भायानेट कम्युनिकेसनले सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ। पछ…